र्‍यापिड टेष्ट रिर्पोट पोजेटिभ आएका  व्यक्तिको पीसीआर रिर्पोट  नेगेटिभ

sharethis sharing button
 वैशाख ९, सल्यान
सल्यानमा डाइग्नोष्टिक टेष्ट रिर्पोट पोजेटिभ आएका एक व्यक्तिको पीसीआर रिर्पोट भने नेगेटिभ आएको छ ।
सोमबार र्‍यापिड टेष्ट गर्दा जिल्लाको शारदा नगरपालिका १ का एक युवकको रिर्पोट पोजेटिभ आएको थियो । तर स्वाब परीक्षण गर्दा नेगेटिभ आएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ ।कर्णाली प्रदेश अस्पतालको प्रयोगशालामा पठाइएको स्वाबको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढाले बताए । रिर्पोट नेगेटिभ आएकाले अब डराउनु पर्ने अवस्था नरहेको उनको भनाई छ ।

गत चैत ६ गते दुवईबाट उनी घर फर्किएका थिए । उनको अहिले स्वास्थ्य  अवस्था सामान्य रहेको र  अस्पतालको आइसोलेसनमा बसी रहेका  युवाको डिचार्ज गर्ने तयारी भइरहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

<