नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सल्यान आएर के के गरे ? के के भने ?

चैत ७, सल्यान ।

सल्यानको छत्रेश्वरी गाउपालिका ६ स्थित शंखमुुलमा भर्खरै मात्र निर्माण सम्पन्न भएको नेपालको सवैभन्दा ठूूलो आकृतिको शंख रहेको शंखपार्क विधिवत उद्घाटन गरिएको छ । सोहि सन्दर्भ पारेर नेपाली कांग्रेशका प्रवत्ता एबं पुुर्व परराष्ट्रमन्त्री डा.प्रकाश शरण महतले सल्यानको बन्गाड कुुपिन्डे नगरपालिका, शारदा नगरपालिका, छत्रेश्वरी गाउँपालिका र त्रिवेणी गाउपालिकाका धार्मिक, सांस्कृतिक र पर्यटकीय सम्पदाहरुको भ्रमण तथा अवलोकन गरेका छन् ।

यसैैबीच आइतवार विहान सल्यानका पत्रकारसंग अन्तरक्रिया, उद्योगवाणिज्य संघ, सल्यानका पदाधीकारीहरुसंग भेटघाट र नेपाली कांग्रेशका नेताकार्यकर्ताहरुसंग भेटघाट समेत गरेका छन् ।

डा. महतले आईतवार विहान उद्योग वाणिज्य संघको हलमा प्रेश युनियन सल्यानले राखेको पत्रकार सम्मेलनमा कांग्रेशको धारणा सार्वजनिक गरेका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओली उरन्ठेला पाराको भएको कटाक्ष गरेका छन् । कांग्रेश पाटी जे बोल्छ, त्यहि गर्छ र अरुले एकथरी कुुरा र अर्कोथरी काम गरेर जालझेल एबं दोधारे प्रवृत्ति देखाउने गरेको भन्दै सवै कम्युनिष्टप्रति पनि कटाक्ष गरे ।

एमसीसी पास गर्ने सन्दर्भमा पनि त्यो खालको प्रवृति देखिएको स्पष्ट पारे । उरन्ठेउले र आडम्बरको पाराले देश नचल्ने भन्दै ५० वर्ष नेपालमा शासन चलाउँछौं भनेर कम्युनिस्टले यसअघि भनेको स्मरण गराउदै ५ वर्ष पनि सरकार चलाउन नसकेको बताए । तीन वर्षमा कम्युनिस्टहरु देश बनाउने र विकासको काम गर्ने भन्दा पनि भ्रष्टाचारमै सिमित रहेको उनले बताए ।

त्यस्तै रसिया र युुक्रेनको लडाईमा कांग्रेशले हतारोमा प्रतिक्रिया दिएको हो कि भन्ने पत्रकारको जिज्ञासामा उनले मानवीय नाताले केही सामान्य प्रतिक्रिया जनाएको भएपनि परराष्ट्रनीतिमा परीवर्तन नभएको बताए ।

आगामी निर्वाचनमा कस्तो प्रकारको गठबन्धन गर्ने कांग्रेशको तयारी छ भन्ने प्रश्नमा आवश्यकताका आधारमा गठबन्धन हुने बताए । उनले जुन पाटीसित गठबन्धन गर्दा बढी सिट जित्न सकिन्छ, सोहि अनुुसारको गठबन्धन हुुने स्पष्ट पारे ।

नेपालको संविधानमा धर्म निरपेक्षता जनताको माग र आवश्यकता विनै नेतृत्व तहले जर्वजस्तरुपमा ल्याएको र जनस्तरमा यसबारेमा व्यापक असन्तुुष्टि बढ्दै गएकोमा यसलाई कांग्रेशले कसरी जनतासामुु स्पष्ट पार्दछ भन्ने जिज्ञासामा उनले धर्म निरपेक्षता तत्कालीन अवस्थामा अन्य राजनैतिक दलहरुसितको सम्झौतास्वरुप आएको बताए । उनले धर्म निरपेक्षताको अर्थ धर्मलाई वेवास्ता गर्ने नभै नेपालका सवै धर्म र संस्कृतिको संरक्षण गर्ने व्यवस्था भएको भन्दै धार्र्मिक स्वतन्त्रता नै कांग्रेशको धारणा रहने बताए ।

त्यस्तै संविधान अपरिवर्तनीय नभएको बताउदै आवश्यकता अनुुसार संसोधन पनि हुनसक्ने संकेत गरे ।

दिउसो शंखपार्क उद्घाटन कार्यक्रममा सम्बोधन गर्ने क्रममा अधिकांश वक्ताले दाङ–सल्यान र सल्यान–रुकुुम सडकखण्ड जिर्ण अवस्थामा रहेको भन्दै यसको स्तरोन्नतीमा केन्द्रीय नेतृत्वबाट पहल हुनुुपर्ने बताएका छन् ।

कार्यक्रममा वक्ताहरुले सल्यानको कुुुपिण्डेदह, खैराबाङ भगवती मन्दिर, छायाक्षेत्र मन्दिर र शंखपार्कको थप संरक्षण र विकासका लागि पनि केन्द्रबाट पहल गरिनुुपर्ने धारणा व्यक्त गरेका छन् ।

शंखपार्क उद्घाटन कार्यक्रम छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि पुर्व शिक्षा राज्य मन्त्री राजेन्द्र बहादुुर शाह र अन्य अतिथिहरुमा कांग्रेश नेता केन्द्रिय सदस्य राजीव विक्रम शाह, पुर्व केन्द्रिय सदस्य डिल्लीराज रेग्मी, नेपाली कांग्रेश सल्यानका सचिव प्रकाश भण्डारी, पुुर्व जि.वि.स. सभापती धुु्रवराज पुरी, शारदा नगर प्रमुख शुुरेश अधिकारी, त्रिवेणी गाउँपालिका प्रमुुख मान बहादुुुर डाँगी लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा विभिन्न नृत्यहरु पनि प्रस्तुत गरिएको थियो । त्यस्तै बक्ताहरुले छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसी अल्पमतमा हुँदाहुुँदै पनि राम्रो काम गरेको भनेर उनको प्रशंसा गरेका थिए । शंखपार्क निर्माणका लागि एक करोड ६० लाख रुँपँया खर्च भएको गाउँपालिकाले जानकारी दिएको थियो ।

कार्यक्रमको अन्त्यमा सभाध्यक्ष सन्तोष केसीले सल्यानको चिनोको रुपमा सल्यानको पहिचान झल्काउने तस्वीर, सल्यानी खुुकुुरी लगायतका बस्तुुहरु उपहारस्वरुप प्रमुुख अतिथिलाई हस्तान्तरण गरी विदाई गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

<