बेसार खेतीबाट राम्रो आम्दानी भएपछि काल्चे घुरचौरका ६० परिवार बेसार खेतीमा आकर्षित

सल्यान, ९ फागुन ।

बेसारबाट राम्रो आम्दानी हुन थालेपछि सल्यानको कालिमाटी गाउँपालिकाको काल्चे घुरचौरका ६० परिवारले खाद्यनबाली लगाउन छोडेर व्यावसायिक बेसार खेती सुरु गरेका छन । यहाँका स्थानीयले वार्षिक दुई सय ५० रोपनी बढी क्षेत्रफलमा उन्नत जातको बेसार खेती गर्दै आइ रहेका छन ।

आम्दानी राम्रो, खेती गर्न सजिलो र बजारको समस्या नभएकाले बेसार खेती बढिरहेको स्थानीय हरिबहादुर खड्काले बताउनुभयो । स्थानीय बजारमै एक सय ५० देखि दुई सय रुपैयाँ प्रतिकिलोमा बेसार बिक्री हुने भएकाले पनि स्थानीय हौंसिएको उहाँको भनाइ छ ।

उहाँका अनुसार आर्थिक अवस्था कमजोर भएका कारण गाउँका सबै युवा कमाइ गर्न भारतका विभिन्न ठाउँमा जाने गरेका थिए । बेसार खेतीमा लागेपछि घरमै रोजगारी मिलेको स्थानीय बताउँछन् । अन्नबाली भन्दा राम्रो कमाइ हुने भएकाले दुई रोपनी जग्गामा बेसार लगाउने गरेको स्थानीय शेरबहादुर ओलीले बताउनुभयो ।

उहाँले अहिले बेसार खेती विस्तार गर्ने योजना बनाएको जानकारी दिंदै उत्पादित बेसार भारतका विभिन्न ठाउँमा पठाउन थालेको समेत जानकारी दिनुभयो । स्थानीय हरिबहादुर खड्काका अनुसार पहिलो वर्ष ८४ रोपनी जग्गामा बेसार खेती गरिएको थियो ।जसबाट २५ हजार ६ सय किलो उत्पादन भएको थियो ।यस वर्ष दुई सय ५० रोपनी जग्गामा लगाएको बेसारबाट ४० हजार किलो उत्पादन भएको छ ।

जिल्लामा उत्पादित बिउको माग अत्याधिक

अदुवा बेसार अनुसन्धान कैन्द्रका सुचना अधिकारी खेमराज शर्माले अहिले नेपालमै पहिलो पटक सिफरिस भएको एकमात्र उन्नत जातको कपुरकोट हलेदो १ र कपुरकोट हलेदो २ जातको हलेदो र लोकल हलेदोको बिउ समेत अन्तर जिल्लामा माग बढेको बताउनुभयो ।

जिल्लामा उत्पादित उन्नत जातको बिउ माग अनुसारको पु¥याउन नसकेको बताउँदै उनले लोकल बिउको समेत माग बढेको जानकारी दिनुभयो । उहाँले काठमाण्डौ, धनकुटा, बर्दिया, कन्चनपुर लगायतका ठाँउबाट अत्याधिक मात्रामा बिउको माग हुने गरेको जानकारी दिनुभयो ।

एक वर्षमा झण्डै ३ करोडको बेसार निर्यातःकृषि विकास कार्यालय

कृषि विकास कार्यालय सल्यानले अदुवाजस्तै जिल्लाको बेसारले पनि ख्याति पाउन थालेको जनाएको छ । यस आर्थिक वर्ष ०७७÷०७८मा २ करोड, ७० लाख, ७ सय,५० रुपैयाँ बरारबरको बेसार निर्यात भएको कार्यालय प्रमुख महेश आचार्यले जानकारी दिए ।

जिल्लामा उत्पादित बेसारमध्ये १ करोड ९लाख,४६ हजार,२सय ५० बिउको रुपमा र १ करोड,६० हजार,५४ हजार ५सय रुपैयाँको खाद्यान्नको रुपमा निर्यात भएको कार्यालयले जनाएको छ । उहाँका अनुसार नगदे बाली भएकाले किसानले राम्रो आम्दानी गर्न थालेका छन । कार्यालयले बेसार खेती गर्ने किसानलाई विभिन्न सहयोग उपलब्ध गराइरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस