सल्यानमा भूमि समस्या समाधान आयोग जिल्ला समितिको कार्यालय स्थापना


सल्यान, ९ फागुन ।

सल्यानमा भूमि समस्या समाधान आयोग जिल्ला समितिको कार्यालय स्थापना गरिएको छ । जिल्ला समन्वय समितिको कार्यालय परिसर भित्र रहने गरी कार्यालयको स्थापना गरिएको हो । कार्यालयको उद्घाटन केपीओली नेतृत्वको नेकपा केन्द्रीय सदस्य तथा प्रदेश सासंद गुलाव जंग शाहले गरेका हुन ।

कार्यक्रममा बोल्दै शाहले भूमिहिन किसानलाई भूमिको मालिक वनाउने गरी सरकारले काम अघि वढाएको वताए । शाहले सुकुमवासी, भूमिहिनलाई जग्गा उपलब्ध गराउने गरी सरकारले सवै जिल्लामा भूमि समस्या समाधान आयोग गठन भएर काम सुरु गरेको बताए ।

जिल्ला समन्वय समितिका प्रमुख केशवहादुर विष्ठले शारदा नदि करिडोर र सडक सञ्जाल जोडिएका विभिन्न ठाउँहरुमा जग्गाको समस्या देखिएकाले अव समाधान हुने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले आफ्नो अधिकारलाई स्थान पाउनु हरेक नागरिकको दायित्व भएकोले जनतालाई सुकुम्बासी समस्या समाधानका लागि न्यायिक ढगंले सम्बोधन गर्नुपर्ने बताए ।

भूमि समस्या समाधान आयोग सल्यानका संयोजक लोकवहादुर डाँगीले स्थानीय तहको सहयोगमा आफूँहरुले जिल्लामा भूमि सम्वन्धीको समस्या समाधानका लागि आवश्यक काम गर्ने वताए ।

प्रतिक्रिया दिनुहोस