सुर्खेतको सिम्ता गाउँपालिकामा सास्कृतिक कार्यक्रम तथा दोस्रो अध्यक्ष कप रनिङ सिल्ड प्रतियोगिता शुरु

सल्यान, ९ फाल्गुन ।
सुर्खेतको सिम्ता गाउँपलिकामा नेपाल भ्रमण वर्ष २०२० को उपलक्ष्यमा शिवरात्री महोत्सव २०७६ विविध सास्कृतिक कार्यक्रम तथा दोस्रो अध्यक्ष कप रनिङ सिल्ड प्रतियोगिता गरिएको छ ।

उक्त कार्यक्रमको शुक्रबार सिम्ता गाउँपालिकाको कोटको थुम्को महादेव मन्दिरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले उद्घाटन गर्नु भएको हो  । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अथिति शाहिले आफुहरु राजनीति परिवर्तनको सस्थागत गर्दै विकासमा लागेको बताउनु भएको छ ।

भौतिक पुर्वाधार आवश्यकता भएको अब आफुहरु त्यता तिर लागेको बताए जनता अध्यारोमा बसेकाले अब उज्यालो दिन कर्णाली प्रदेश सरकार लागेको समेत बताएका छन ।

गाउँ घरमा अझै महिला हिसा, जातजाति छुवाछूत, सामाजिक विभेद अन्त्य नभएको र त्यसको अन्त्य गर्न बताउनु भएको छ । भ्रष्टाचार बढेको कसरी पैसा कमाउने मानसिकता बढेको तिर सङकेत गर्दै मुख्यमन्त्री शाहिले अब त्यसलाई प्रदेश सरकार लागेको बताउनु भएको छ । जनता अझै असुरक्षित भएको र जनतलाइ अबसुरक्षाको प्रत्याभूत गराउने गरि लागेको बताए ।

केही व्यक्तिहरुले सरकारले केही पनि नगरेको भएर हिन्दै गएको त्यसको आफुहरु सङ्ग प्रमाण सहित पेश गर्ने बताउनु भएको छ । राना शासन, पन्चायत, र बौदलले सरकारले गर्न नसकेको काम आफुहरुले दस वर्षमा नै गरेको बताएका छन । विकास निर्माणको काम तीन वटै सरकार लागि परेको र त्यसको लागि पहिला जनताको जीवन स्तर र आर्थिक स्रोत वृद्धि गर्न तीन तहका सरकार लागि परेको बताए सबैले सास्कृतिक परम्परा क्षेत्रमा परिवर्तन ल्याउनु पर्ने त्यसलाई बजाइ राख्नु पर्नेमा जोड दिएका छन ।

शिवरात्रीको विगत भन्दा अहिले फरक हुदै गएको समेत बताउनु भयो साथै आफू सिम्ताको लागि विकासमा लागि सधै सहयोग गर्ने बताएका छन ।

विशिष्ट अतिथि सुर्खेत क्षेत्र न १ प्रतिनिधि सभा सदस्य धु्रव कुमार शाहि, प्रदेश सभा सदस्य क ठम्मर विष्ट, सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसिले ३९.१५ गरिबी रहेको र आफ्नो कार्यकाल भित्र ३०५ झार्न सघ सरकार र प्रदेश सरकारले सहयोग गर्नु पर्ने जानकारी गराएका छन । प्रत्येक वर्ष पर्यटन वर्ष आयोजना गर्दै आएको सिम्ताको विकास र समस्याको बारेमा अतिथिहरुलाइ जानकारी गराएका थिए । कोटको थुम्को बारेमा जानकारी गराएको थिए ।

कार्यक्रममा सल्यान बनगाड कुपिण्डे नगरपालिका उप प्रमुख मन्जु यरि, जाजरकोट नलगाड नपा उप–प्रमुख वालकुमारी बस्नेत, बारेकोट गाउँपालिका उपाध्यक्ष ओम कुमारी शाहिले लगात राष्ट्रिय कलाकार स्थानीय सास्कृतिक झाक्री लगाएतको प्रस्तुत गरेका थिए ।

दोश्रो अध्यक्ष खेलकुद प्रतियोगितामा भलिबल १२ टिम, महिला भलिबल २ टिम, व्याडमिन्टन, म्याराथन, म्युजिकल चेयर लागएतका खेलहरु सुरु हुनेछन भने महोत्सव ११ गते सम्म सञ्चालन हुने आयोजनाले जानकारी दिएको छ ।

भने कार्यक्रमको अध्यक्षता रुद्र ब बस्नेत कोटको थुम्को पर्यटन प्रवर्द्धन समिति अध्यक्ष रुद्र ब बस्नेतले गर्नु भएको स्वागत मन्तव्य सिम्ता गाउँपालिका–४ न वडा अध्यक्ष भिम बुढा र सञ्चालन वडा सदस्य नेत्र महतराले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

<