हिन्दु संस्कृतिले नै सवैलाई एकतावद्ध बनाएको छ

शुक्रबार शिवरात्री पर्व परेको छ । शिवरात्री पर्व भव्य रुपमा मनाउने तयारी देशभर नै छ । नेपालीहरुलाई एकताबद्ध बनाउने भनेकै गीत, संगीत, चाडपर्व र संस्कृतिले हो । हामी मेला भनेपछि सवै जना सहभागी हुुन्छौैं । नाचगान भनेपछि सकेसम्म समय मिलाउछौं । मन्दिर भनेपछि असल आचरणमा बस्नुुपर्ने ठाउँ सम्झिन्छौं ।

आमा, बुुबा, गुुरु, ब्राह्मण, छोरी, दिदी बहिनी र फुुपूू भनेपछि पाउ परेरै ढोग गर्छौ, सम्मान गर्छौ, खुुट्टाले छोइयो भने पाप लाग्छ भनेर सचेत बन्छौं । हामीबीच भावना छ, माया ममता छ र एक अर्काप्रति सम्मान गर्ने चलन छ । यसरी पारस्परीक मायाममता सिकाएकै हिन्दुु संस्कृतिले हो ।

हाम्रा सवै पर्वहरु र रितिथितिहरु बैज्ञानिक र अर्थपूूर्ण छन् । कतिपयले गलत अर्थ लगाउने गर्दछन् ता पनि हिन्दुु धर्मका सवै क्रियाकलाप मानब हितमा छन् । कतिपयले गलत रुपमा अर्थ लगाएर विगारेका छन् । कतिपयले अर्थ नै नबुुझेर गलत सम्झने गरेका छन् ।

स्वास्थ्य संस्था नहुुने समयमा विरामीको मनोबल बढाउन धामी, झाँक्री बस्थे र अहिले स्वास्थ्य संस्थाको पहुुँच भएसंगै ति कुुराहरु कमजोर भए । सुुदुुरपश्चिममा छाउ बार्ने तरिका नमिलेको मात्र हो, तर त्यसलाई सहि किसिमले व्यवस्थापन गर्न सकिने सम्भावना छ ।

महिलाहरु महिनावारी भएका वखत उनीहरुको स्वास्थ्य कमजोर हुुन्छ, त्यस अवस्थामा गाह्रो काम नगर्ने, शारीरिक सम्बन्ध नराख्ने, कपडाहरु फोहोर नहोउन भनेर अलग्गै कोठामा बस्ने व्यवस्था मिलाउनुुलाई गलत अर्थ लगाउनुुुहुुदैन । तर घरै अलग्गै, जंगलमै वा गोठमै बास बस्ने जस्ता गलत कुुराहरु अबुुुुुझ समुदायका कारण हुुने गरेका छन् । हामी हिन्दुु धर्माबलम्बीका यस्ता हजारौं उदाहरण छन्, जो बैज्ञानिक र अर्थपूूर्ण छन् ।

आज सुुदुुरपश्चिममा छाउपडि प्रथा अन्त्य नहुुने कारण केही हदसम्म त्यहाँको बौद्धिक जगतले पनि स्वीकार गरेकैले हो । अतः छाउ बार्ने तरिका केहि फरक हुुन सक्ला, तर त्यसमा केही पनि अर्थ नभेटाउनेहरुलाई प्रशिक्षण गर्नैपर्दछ । महिनावारी भएको समय दुुषित रगत बगीरहेको हुुन्छ, त्यस्तो अवस्थामा श्रीमान श्रीमती संगै बसेमा शारीरिक सम्बन्ध हुुन सक्ने र त्यस अवस्थामा कुुनै कारणबस गर्भ रहेमा सन्तान समेत राम्रा नहुुने बैज्ञानिक कारण छ । कुुरा छाउ बार्ने मात्रै होइन, हजारौं कुुराहरु यस्ता छन्, जो पुुर्खाले लामो अनुुभव र अभ्यासपछि नै निरन्तरता दिएका हु्ुन् ।

कुुरा सांस्कृतिक एकताको हो । हाम्रा सांस्कृतिक चाडपर्वले नै हामीलाई एकतामा बाँधेका छन् । नयाँ वर्ष, अक्षय तृतिया, दशहरा पर्व, असारे शक्रान्ति, साउने शक्रान्ति, नाग पञ्चमी, रक्षाबन्धन, गौरापर्व, श्रीकृष्णजन्माष्टमी, दशै, तिहार, विवाहपञ्चमी, माघे सक्रान्ति, शिवरात्री, चैते दशै जस्ता विभिन्न चाडपर्व र संस्कृतिले नै हामी नेपालीहरुलाई एकताबद्द बनाएका छन् ।

गलत अर्थ लगाउनेहरुले त चन्द्रमामा पनि दाग देख्न सक्दछन् । तर हामीले गहिरीएर सोचौं, हाम्रा सवै संस्कार, संस्कृति र चाडपर्व अर्थपूूर्ण छन्, विज्ञानसम्मत छन् । यीनै संस्कार, संस्कृति, भेषभुुषा, पहिरन, चाडपर्व र मेलापातले हामीलाई कहिल्यै नटुुट्ने गरी एकताबद्द बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

<