सल्यानमा तरुणदलको संगठन निर्माण निरन्तर

सल्यान, ७ माघ ।
शारदा नगरपालिका वडा नं. ३ मा तरुण दलको वडा स्तरीय कार्यसमिति गठन भएको छ । नेपाल तरुण दल सल्यानले विभिन्न तहका समिति गठन तथा संगठन विस्तार अभियानलाई निरन्तरता दिए संगै गणेश सेजवालको अध्यक्षतामा सर्वसम्मत वडा समिति गठन भएको हो ।

मंगलबार वडा नं. ३ सिरूवारमा आयोजित कार्यक्रमबाट सेजवालको अध्यक्षतामा १७ सदस्यीय वडा कार्य समिति गठन भएको छ ।

नेपाल तरुण दल सल्यानका अध्यक्ष सन्तोष के.सी.को अध्यक्षता र तरुण दलका निवर्तमान वडा अध्यक्ष ईश्वरी देवकाटाको विशेष आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

जिल्ला अध्यक्ष के.सी.ले नव गठित वडा समितिका पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिंदै देश समाज परिवर्तन एवम् विकासका लागि युवाहरु नै तत्पर रहनुपर्ने र युवा तरुणहरु सधैं अधिनायकवाद, मनोमानी तथा सबै प्रकारका निरंकुशता र अन्यायको विरुद्ध एकजुट हुनु पर्ने बताएका छन ।

अब विभिन्न तह, निकायहरुको नेतृत्व तरुणहरुले लिनुपर्ने आवश्यकता रहेको र त्यसका लागि सम्पूर्ण पक्षबाट आफुलाई सक्षम र तयार गराउन तरुणहरुलाई उनले आग्रह गरेका छन् ।

नवगठित वडा कार्य समितिमा लक्ष्मण खड्का उपाध्यक्ष, सचिव सुशान्त भण्डारी, सहसचिव मिन सेजवाल र कोषाध्यक्षमा रोसन सेजवाल रहेका छन् ।

यसैगरी सदस्यहरुमा नरेन्द्र डाँगी, सुनिल भण्डारी, राम बहादुर सेजवाल, राम बहादुर के.सी., ज्ञान बहादुर सेजवाल, विराज विष्ट, सन्तोष विष्ट, दिलिप सेजवाल, दिपेश सेजवाल, डिल्ली बहादुर के.सी., प्रकाश भण्डारी र जितेन्द्र विष्ट चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस

<