अहंताले निम्त्याएको समस्या

२०७६ माघ ७ गते
मानिसका आ–आफ्नै स्वभाव हुुन्छन् । तर पनि अधिकांश मानिसमा कुुनै न कुुनै प्रकारको अहंमता भने विद्यमान छ । अहंता अहिलेको मात्रै समस्या होइन ।

परापूर्वकालदेखिकै समस्या हो । हामीले सुनेका विभिन्न कथा र इतिहासले पनि आज त्यही प्रमाणित गरेको छ ।

त्रेता युुगमा रावणमा शक्तिको अत्यन्तै घमण्ड थियो, पछि रामको हातबाट मारिनुुपर्यो । द्वापरयुुगमा कंश अन्यन्तै घमण्डी थियो, पछि कृष्णको हातबाट मर्नुुपर्यो ।

कुुनै एक समय बलिराजा नामका एक व्यक्तिले निकै कमण्ड गरे र पछि सवै दान दिएपनि आफुले टेक्ने ठाउँ सम्म पनि नपाएको कथा छ ।

यी त भए कथाका कुुरा, तर इतिहासले पनि त्यसै बताउँछ । पूूर्वराजा ज्ञानेन्द्रमा जब शक्तिको घमण्ड भयो, अनि देशमा निरंकुुशता लाद्न थालेपनि विरोधी जनमत बढ्यो र अन्तमा राजसंस्था नै हट्यो ।

जति पनि जेलभित्र बसेका व्यक्ति छन्, अपवाद्बाहेक ति सवै कुुनै समयका अहम्तावादी नै हुन् । जसले आफैलाई सर्वेसर्वा ठान्दछ, उसले कुुनै वखत गतल काम गर्न अगाडि बढ्दछ र अन्तमा सजायको भागीदार बन्दछ । तर यी र यस्ता अनेकन कथा एबं इतिहास पढ्दा समेत पनि हामीमध्ये धेरैलाई व्यबहारिक सिकाई भएको देखिदैन ।

अहमता नै प्रगतिको बाधक हो भन्ने जान्दा जान्दै पनि हामीले अहंता त्याग्न सकेनौं । आज अधिकांश व्यक्तिको कुुनै न कुुनै समयको अहम्ताले उसलाई जीवनमा असफलता हात परेको छ । अहंताले कतिपय अवस्थामा मुुर्ख बनाईरहेको हुुन्छ ।

कतिपय अवस्थामा दुुश्मन बढाईरहेको हुुन्छ । कतिपय अवस्थामा अहंताले ज्यादै गलत काममा लाग्न उत्प्रेरित गरिरहेको हुुन्छ । केही दिन पहिले मात्र एउटा लामो अनुुभवि गाडिचालकले सजिलै ठाउँमा ज्यान गुुमाए ।

लामो समयदेखि गाडि चलाउदै आएको भन्दै आफूूलाई परिपक्व महशुुस गर्दै चालकले गाडि तिब्र गतिमा हाँक्दा नियन्त्रणभन्दा बाहिर गई ज्यान गुुमाउनुुपर्यो । अरु दर्जनौं यात्रुुहरु पनि घाइते भए ।

धेरै पर पनि जानुुपर्दैन, हाम्रै गाउघर छरछिमेकमा समेत जसले बढि घमण्ड गरिरहेको हुुन्छ, उसको चाँडै नै शत्ता र शक्तिबाट हट्ने समय भैसकेको देखिन्छ ।

अहमताले पाईला पाईलामा दुुख दिईरहेको हुुन्छ । हामीले सोचेको भन्दा बढी दुख कष्ट पाउने कारण त्यही अहमता नै हो ।

ठूूलो बन्न खोज्यौं भने धेरैजना विरोधी भईरहेका हुुन्छन् । पैंसाको धाक देखाउने हो भने चारैतिरबाट आँखा लगाईरहेका हुुन्छन् ।

समस्या परेको दिन रुने भन्दा रमाउनेहरु धेरै हुुन्छन् । हामीले रुखो बोल्यौं भने अरुलाई मन परिरहेको हुुदैन । रुखो बोल्नेको पछाडि कुुरा काट्नेहरु धेरै हुुन्छन् ।

रुखो बोल्ने बानी पनि अहमताकै कारण हो । अतः अहमताले चारैतिर समस्यै समस्या मात्र निम्त्याउछ, यसमा आ–आफ्नो तर्फबाट स्वीकार गर्न र आफैलाई सच्याउन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

<