सल्यानका एक २५ बर्षिय युवक १२ दिन देखि सम्पर्क विहिन : खोजी गरिदिन परिवारको आग्रह

सल्यान, ५ पुस ।
सल्यान कजेरीका एक युवक १२ दिन देखि सम्पर्क विहिन भएका छन् ।

जिल्लाको शारदा नगरपालिका वडा नम्बर ७ कजेरी ओख्रेनीका २५ बर्षिय युवक मंगलसिंह थापा १२ दिन देखि सम्पर्क विहिन भएका हुन् । मंसिर २४ गते राती १० वजे तीर घर देखि हिडेका उनी अहिलेसम्म सम्पर्क विहिन रहेको परिवारले जनाएको छ ।

विगत १२ दिनदेखि खोजी गर्दा पनि अहिलेसम्म सम्पर्कमा नआएको भाइ अर्जुन थापाले जानकारी दिनुभयो । घरमा झैझगडा केही पनि थिएन्, तर म घर छोडेर सदाको लागि गए भनेर एउटा चिी छोड्नु भएको छ, हामीले निरन्तरण् खोजी कार्य गरिरहेका छौँ तर अहिले सम्म भेट्न सकिनौँ, उहाँले भन्नुभयो ।

दाइ जानसक्ने सम्भावित ठाउँ तथा आफन्त कहाँ सबै ठाँउमा खबर गरिसकेपनि अहिले सम्म कुनै जानकारी प्राप्त नभएको उहाँको भनाई छ । घरपरिवार, नेपाल प्रहरी, स्थानियले दैनिक जसो खोजी गर्दा पनि अहिलेसम्म कतै पत्तो नलागेको उहाँले जानकारी दिनुभयो ।

मंगलसिंह डेढ बर्ष अघि मात्रै ४ बर्ष मलेसियामा बसेर घर फर्किएका थिए । साथै परिवारले उनको खोजी कार्य गरिदिन र यदी कहिकतै भेटिएमा नजिकैको प्रहरी कार्यालय वा घरपरिवारमा खवर गरिदिन सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

<