संविधान दिवसको अवसरमा सल्यानमा आयोजित व्याडमिन्टन प्रतियोगिता सम्पन्न

असोज ३, सल्यान ।

संविधान दिवसको अवसरमा सल्यानमा आयोजित व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिती सल्यानले आयोजना गरेको राष्ट्रसेवक कर्मचारीमैत्री पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता श्रीनगरमा सम्पन्न गरिएको हो ।

प्रतियोगितामा २८ टिमले सहभागिता जनाएका थिए । जसमध्ये रोशन वली र सन्तोष वलीको टिम प्रथम भएको छ ।

त्यस्तै सन्तोष बस्नेत र मनोज सिंहको टिम द्धितिय भएको छ भने चन्दन जि.एम र बरुण शाह तथा हिरा खड्का र पदम चौधरीको टिम तृतिय भएको छ ।

प्रथम हुने टिमलाई १५ हजार, द्धितिय हुने टिमलाई १० हजार र तृतीय हुने टिमलाई ५ हजार नगत पुरस्कार र प्रमाणपत्र प्रदान गरीएको नेपाल निजामति कर्मचारी संगठन जिल्ला कर्यसमिती सल्यानका अध्यक्ष ध्रुब बहादुर खत्रीले जानकारी दिए ।

आइतबार प्रमुख जिल्ला अधिकारी विपिन आर्चायको प्रमुख आतिथ्यता र नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिती सल्यानका अध्यक्ष ध्रुब बहादुर खत्रीको सभाध्यक्षतामा कार्यक्रमको उद्घाटन गरिएको थियो ।

सोमबार भएको समापन कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काको प्रमुख आतिथ्यता, नेपाल निजामति कर्मचारी संगठन सल्यान जिल्ला ईन्चार्ज तथा नेपाल निजामति कर्मचारी संगठन केन्द्रिय अनुशासन आयोगका सदस्य प्रकाश शर्माको बिशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको छ ।

समापन कार्यक्रममा नेपाल निजामति कर्मचारी युनियनका जिल्ला अध्यक्ष लिलाधर बबाल, नेपाल राष्ट्रिय कर्मचारी संगठनका जिल्ला समिति अध्यक्ष जित बहादुर खड्का र नेपाल निजामति कर्मचारी संगठनका प्रदेश कमिटी सदस्य टोप बहादुर वयक क्षेत्री लगायतको सहभागिता रहेको थियो ।कार्यक्रमको संचालन नेपाल निजामति कर्मचारी संगठनका सचिव छवि खड्काले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

<