सल्यानको चामी गाउँमा पहिरोले ठुलो क्षेती : दुई जना घाइते, गाउँ उच्च जोखिममा


सल्यान, ४ भदौँ ।
अविरल वर्षको कारण बुधबारराति गएको पहिरोले सल्यानको छत्रेश्वरी गाउँपालिका– १ चामीमा २ जना घाइते भएका छन् भने एक दर्जन बढी घर पहिरोको उच्च जोखिममा रहेका छन् ।

रोल्पासँग सिमाना जोडिएको चामी गाउँमा गएराती आएको पहिरोले अहिले गाउँ नै उच्च जोखिममा रहेको छ ।

पहिरोमा परि दशवटा घर गोठ उच्च जोखिममा रहेको छत्रेश्वरी गाउँपालिका वडा नम्बर १ का वडासदस्य प्रकाश हमालले बताएका छन् ।


स्थानीय महोलाल खत्रीका २ घर, बलबहादुर खत्रीका २ घर, नवीन केसी, त्रिभाव खत्री, नरबहादुर डाँगी र तुलसीराम डाँगीका एकरएक घर पहिरोको उच्च जोखिमा रहेका छन् ।

पहिरोमा परि ३० वर्षीया कमला केसी र उनका ८ वर्षका छोरा समीर केसी घाइते भएका छन् ।

घाइते आमाको बागचौरमा रहेको जनप्रिय पोलिक्लिकमा उपचार भैरहेको छ भने छोरालाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ । पहिरोले ठूलो मात्रामा मकैबाली बगाएको छ भने घरभित्र राखेको अन्ननबाली पुरिएका छन् ।

त्यस्तै चामी गाउँमै रहेको रोल्पा गंगादव गाउँपालिका वडा नम्बर ३ का टिकाराम खत्री र करण खत्रीका ४ वटा घर पनि पहिरोको उच्च जोखिममा रहेका छन् । पहिरोले उनिहरुको किबी खेतीमा ठुलो क्षेती पुर्याएको छ । वर्षा नरोकिए जोखिमा रहेका घरहरु सबै पहिरोले भत्किन सक्ने अनुमान गरिएको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्याल दमाचौर र प्रहरी चौकी पातिहाल्नको प्रहरी टोलि पुगेर उद्दार कार्यमा जुटेको छ । अहिले जोखिममा रहेका घरहरुको सामान र मानिसलाई अनेन्त्र स्थान्तर गर्न लागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस