बनगाड कुपिण्डे नगरपालकिाका कर्मचारीमा पनि कोरोना संक्रमण

सल्यान, ५ साउन ।
पश्चिम सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । बनगाड कुपिण्डे नगरपालिकामा कार्यरत कार्यालय सहयोगीमा कोरोना पोजेटिभ देखिएको हो ।

बनगाड कुपिण्डे नगरपालिकाका जनप्रतिनिधि, कर्मचारीहरु, स्वास्थ्यकर्मी, नेपाल प्रहरी, नेपाली सेना, गरी ७२ जनाको पीसीआर चेकजाँच भएको थियो स्वास्थ्य शाखा प्रमुख बासुदेव पोखरेलले जानकारी दिनु भएको छ ।

उहाका अनुसार बनगाड कुपिण्डे नगरपालिकामा भारत तथा तेस्रो मुलुकबाट आफ्नो नगरपालिकामा आउनेको सङ्ख्या अत्यधिक भएको र जिल्लाको सबै भन्दा बढी कोरोना संक्रमित पनि यहि नगरपालिका भएको उहाको भनाइ रहेको छ ।

सल्यान पश्चिममा सुरु देखि नै कोरोनाको उच्च जोखिममा थियो । कोरोना संक्रमित घटेपनि समुदायमा कोरोना फैलिएको छ । कोरोना सम्बन्धि फिल्डमा खटिएका एक जना स्वास्थ्यकर्मीलाइ असार २८ गते कोरोना देखिएको थियो ।

चेकजाँचमा नगरका एक जना कार्यलय सहयोगीको पोजेटिभ रिपोर्ट आएपछि आइसोसेलनमा राखिएको      छ । कार्यलय सहयोगीको रिपोर्ट पोजेटिभ आएपछि नगरपालिकामा त्रास बढेको छ ।

प्रतिक्रिया दिनुहोस

<