सीपमूलक तालिमप्रति बेरोजगार युवाको आकर्षण

 

नेपालगञ्ज, ४ साउन ।
नेपालगञ्जस्थित व्यावसायिक तथा सीप विकास तालिम केन्द्रले प्रदान गर्ने सीपमूलक तालीमप्रति बेरोजगार युवाको आकर्षण देखिएको छ ।

केन्द्रबाट प्रदान हुने विभिन्न समयावधिका तालिममा यस क्षेत्रको बाँके, बर्दियालगायत टाढा–टाढाबाट समेत युवाहरु आउने गरेको केन्द्रका प्रमुख जेन्टिल गौतमले बताए ।

उनले तालिम केन्द्रले तालिममार्फत वर्षेनी सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्दै आएको जानकारी दिँदै तालीममा सहभागीमध्ये ७० प्रतिशत रोजगार वा आफैँ स्वरोजगारमूलक व्यवसाय गर्न सफल हुने गरेको दाबी गरे ।

केन्द्रले तालिममा सहभागीलाई रोजगार वा स्वरोजगकारमूलक व्यवसायको लागि आवश्यक सहयोग र समन्वय गर्दै आएको छ । अछामबाट नेपालगञ्ज आएर तीनमहिने कटाइसिलाइ तालिम लिएकी लक्ष्मी कुँवरले तालिम सिकेर आफ्नै खुट्टामा उभिने आँट आएको र अब गाउँ फर्किएर आफ्नै पसल खोल्ने तयारी गरेको बताइन् ।

छ महिने कम्प्युटर तालिम सिकेका नेपालगञ्जका चक्र ढुङ्गानाले व्यावसायिक तथा सीप विकास तालीम केन्द्र नेपालगञ्जबाट छ महिनासम्म सिकेको सीपले रोजगारी पाउन सफल भएको बताए । केन्द्रका प्रमुख गौतमका अनुसार आर्थिक वर्ष २०७५र७६ मा ६१८ जनालाई सीपमूलक तालिम प्रदान गरिएको छ । २७ जनालाई छ महिने कम्प्युटर तालीम दिइएको छ ।

यसैगरी तीन महिने केश श्रृङ्गार तालीम ६० जनालाई, कटाइसिलाइ तालीम ४८ जनालाई प्रदान गरिएको छ । आव २०७५र७६ मा केन्द्रले विद्युत् जडानको तालिम ५६ जनालाई, इलेक्ट्रोनिक्सको तालीम दुई जनालाई र वेल्डिङको तालिम २० जनालाई प्रदान गरेको छ ।

यसैगरी तीन महिने हाउस वाइरिङ तह एकको तालिम ५० जनालाई, हाउस होल्ड प्लम्बिङ तह दुईको तालिम २३ जनालाई, कुक तह एकको तालिम २५ जनालाई, मोटरसाइकल मर्मत तालिम २५ जनालाई, होजियारी तालिम ५० जनालाई, फेशन डिजाइनि«ङ तह एक तालिम ५० जनालाई, मेसन तह एक तालीम २५ जनालाई तालिम दिइएको छ ।

प्रतिक्रिया दिनुहोस