यस्तो छ छत्रेश्वरीको बजेट

साउन १, सल्यान ।
शिक्षा र भौतिक पूर्वाधार विकासलाइ प्राथमिकतामा राखेर सल्यानको छत्रेश्वरि गाउँपालिकाले बजेट ल्याएको छ । आर्थिक वर्ष २०७६।०७७ को लागी छत्रेश्वरि गाउँपालिकाले ३६ करोड ३४ लाख १४ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको हो ।
गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले मंगलबार प्रस्तुत गरेको बजेटमा शिक्षा अन्तरगत शैक्षिक जनशक्ति ब्यबस्थापन, पुर्बाधार बिकास, क्षमता बिकास र खेलकुद कार्यक्रमलाई लक्षितगरि २ करोड २४ लाख विनियोजन गरिएको छ ।
गाउँपालिकाले पुजिगत बिकास खर्च अन्तरगत ११ करोड १५ लाख ९० हजार बिनियोजन गरेको छ।यस्तै शसर्त कार्यक्रम अन्तरगत १५ करोड ५ लाख र प्रशासनिक तथा सन्चालन खर्चतर्फ १० करोड १३ लाख २४ हजार बिनियोजन गरियको गाउँपालिका अध्यक्ष सन्तोष केसिले बताएका छन।
यसैगरी स्वास्थ्य अन्तरगत चेतनामूलक कार्यक्रम ,उपचरात्मक सेवा प्रवाह,एक वडा एक बर्थिङ सेन्टर स्थापना,एम्बुलेन्स खरिद तथा मेसिनरी औजार खरिद अन्तरगत ७१ लाख बिनियोजन गरिएको छ।
कृषि उत्पादन र उत्पादकत्व वृद्धि र कृषि तालिम र अनुदानको लागि ३४ लाख र पशुपालनका लागि व्यावसायिक प्रबर्दनका लागि ३४ लाख बजेट बिनियोजन गरिएको छ।
सडक तथा पुर्बाधार बिकासका लागि स्काभेटर खरिदका लागि १ करोड बिनियोजन गरिएको छ।
खानेपानी अन्तरगत सबै वडाहरुमा खानेपनि बिस्तार गर्ने र  पन्नेताल,लेखपोखरा,ज्यामिरे,दमाचौर,लान्तीमा संचालन भएका बहुबर्षिय योजनाको क्रमागत संचालनका लागि १ करोड ४५ लाख बिनियोजन गरिएको अध्यक्ष केसिले बताए।
गुरासे युद्ध पर्यटकिय क्षेत्र बिकास,छत्रेश्वरि मन्दिर ,खड्कदेबि मन्दिर धार्मिक पर्यटन प्रबर्द्धनका लागि १ करोड ४५ लाख बिनियोजन गरिएको छ।प्रत्येक वडाबाट छनौट भएका शिक्षा,स्वास्थ्य,खानेपानी,सिचाई,सडक पुर्बाधार,महिला,दलित ,आदिवासी ,जनजाती,मुस्लिम समुदाय,बालबालिका,जेष्ठ नागरिक,अपाङ्ग ,महिला लगाएतका  सङ सम्बन्धित योजनाहरुमा ४ करोड ३ लाख बिनियोजन गरिएको छ।
गत असार १३ गते गाउँपालिका अध्यक्ष सन्तोष केसीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाइ बजेटले सम्बोधन गर्ने प्रयास गरेको प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले जानकारि दिएका छन।
छत्रेश्वरि गाउँपालिकाले संघीय सरकारको बजेट वित्तीय समानीकरण अनुदान तर्फ ८ करोड ९३ लाख ,ससर्त अनुदान अन्तर्गत १५ करोड ५ लाख, कर्णाली प्रदेश सरकारबाट वित्तीय समानीकरण अन्तर्गत रु १ करोड  ४६ लाख राजस्व बाडफाड बाट ७ करोड २८ लाख गत आर्थिक बर्षको बचत ३ करोड ५० लाख  राजस्व बाडफाड ७ लाख ६८ हजार र आन्तरिक आम्दानी ३० लाख गरि उक्त बजेट ल्यायको हो।

प्रतिक्रिया दिनुहोस

<