बुटवल, असार ५ –
रुपन्देहीमा आफ्नो आठ वर्षीय छोरालाई ज्यूँदै गाडेको आरोपमा एक बाबु पक्राउ परेका छन् ।
शुक्रबार आफ्नै बाबुले आठ वर्षीय बिरामी छोरालाई ज्यूँदै बोरामा हालेर गाडेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेपछि उनी पक्राउ परेका हुन् । स्थानीयले खबर गरेलगत्तै गाडेको बालकलाई प्रहरीले झिकेको छ ।
गाडिएका बालकलाई झिके पनि उनको मृत्यु भइसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतीतसिंह राठौरले बताए । छोरा बिरामी भएर बेहोस भएपछि बोरामा हालेर जमिनमा गाडेको भन्दै स्थानीयले विरोध जनाउँदै परियारलाई घेरा हालेपछि सुरक्षाका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
‘ज्युँदै गाडिएको हो वा मृत्यु भएपछि हो भन्ने पोष्टमार्टम रिपोर्टपछि मात्रै थाहा हुन्छ’ डीएसपी राठौरले भने, ‘आरोपितलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान पनि थालेको छ ।’
आरोपित परियारले भने छोराको मृत्यु भैसकेपछि जमिनमा गाडेको प्रहरीलाई बयान दिएका छन् ।
kantipuronline
प्रतिक्रिया दिनुहोस