सरकारको विरोध गर्नेहरु गणतन्त्रको नै विरोधीः प्रम ओली

जेठ ६ गते, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोध गर्नेहरु गणतन्त्रको नै विरोधी भएको बताएका छन् । सोमबार धादिङको गल्छीमा मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्कको शिलान्यास गर्दै उनले भने, ‘एकवर्षमा कति फरक भयो । अर्को वर्ष हेर्नुस् कति फरक हुन्छ, यही हुन्छ भनेर छटपटी भएको छ ।’

प्रधानमन्त्री ओलीले आउँदो एक वर्षमा मुलुकको विकासमा देखिने गरी परिवर्तन आउने दावी पनि गर्नुभयो । उनले नेपाल सानो देश भनेर आफैलाई अवमूल्यन गर्न नहुने भन्दै नेपालले अन्तर्रा्ष्ट्रिय मञ्चहरुमा आफ्नो अनुभव बाँड्नुपर्ने धारणा पनि राखे ।

नेपाल टेलिकमले पाँचथरको चिवाभञ्ज्याङदेखि गोरखाको आरुघाटसम्म मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने गरी योजना सुरु गरेको हो ।

जेठ ६ गते, २०७६ ( १९स्१२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

<