जीन्दगी

दुई मुक्तक ः

१.
राम्रो काम गर्छु भन्नेलाई खुट्टा तान्ने धेरै छन
जस्ले नराम्रो काम गर्छ उसलाई मान्ने धेरै छन ।
आफ्नो स्वार्थ पुरा गर्ने मान्छे कयौं पाए मैले,
यहाँ अर्काले गर्न लागेको काम्मा जान्ने धेरै छन ।।
२.
आफ्नो भाग्य आफै लेख्ने कलम खोज्दै छु,
दुःखमा हैना सुःखमा बस्ने ठाउँ खोज्दै छु ।
झुपडिमा जन्म लिदा महल कहाँ पाईन्छ र,
जीवन भर सुखै–सुःख पाउँने बास खोज्दै छु ।।

प्रतिक्रिया दिनुहोस

<