विकासका लागि समय, श्रम र प्रविधिको अधिक्तम उपयोग गरिनुपर्दछ ।

  विकासका लागि समय र श्रम र प्रविधिको अत्यधिक महत्व रहन्छ । समयमा काम गर्न सकिएन भने सवै प्रकारको अवसर गुम्दछ । १० सेकेन्ड मात्रै ढिला गरियो भने कहिलेकाँकी गाडि छुटेको हुन्छ ।

कतिपय विरामीलाई आधा घण्टा मात्रै ढीलो गरी अस्पताल पु¥याउदा विरामीको मृत्यु भैसकेको हुन्छ । एक दिनको ढिलाले मात्रै पनि लोकसेवाको परिक्षामा सहभागी हुन नपाएको अवस्था रहन्छ ।

आधा घण्टा ढीला गरी परीक्षा हलमा प्रवेश गर्न खोजेमा या त प्रवेश नै गर्न पाईदैन, या त परीक्षामा सवै प्रश्नहरु हल गर्न सकिदैन । यसरी समयको महत्व यति धेरै छ कि हामीले वेवास्ता गर्यौं भने पछुताउनुबाहेक अरु विकल्प हुदैन ।

आज जति पनि विकसित मुलुकहरुमा विकास भएको छ, समय र श्रमको महत्वलाई बुझेर नै भएको हो । एक मिनेट समय पनि खेर फाल्नुहुदैन भन्ने सोच राख्नेहरु निकै अगाडि बढेका छन् ।

त्यसमा पनि प्रविधिको विकासबाट समयको व्यवस्थापन गर्नेहरु अँझ अगाडि बढेका छन् । हिजो आज मान्छेले एक दिन लगाउने काम आधा घण्टामै सक्ने प्रविधिहरु बनेका छन् । महिनौं लगाएर गर्ने काम एक दिनमै सक्ने प्रविधि बनिसकेको छ ।

समयसंगै श्रमको पनि त्यत्तिकै महत्व छ । जति पनि विकसित सहरहरु छन्, त्यहाँ चौविसै घण्टा विकास निर्माण लगायतका काम भइरहेका हुन्छन् । आज नेपालीहरुकै श्रम र पसिनाले धेरै देशहरुमा विकास भएको छ, त्यसैले श्रम नगरी विकास हुदैन ।

प्रविधि भए प्रविधिको सहयोगमा र नभए जे जसरी भएपनि मानिसहरुले काम गरेर, दुख गरेर उन्नती, प्रगति एबं चौतर्फि विकास गरिरहेका छन् । आज अल्छि नागरिकका कारण धनी मुलुकहरु पनि चिन्तित बनेका छन् ।

अल्छि नागरिकबाट विकासले गति लिन सक्दैन । इमान्दार नागरिक, दृढ ईच्छाशक्ति, निरन्तरको प्रयास र उपयुक्त प्रविधिको प्रयोगबाटै मुलुक समृद्ध हुन्छ । यसबारेमा सबैले सोच्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

<