कुमाखमा ४ जनालाइ क्वारेन्टाइनमा राखियो, भोलीबाट बाँडिदैछ राहत

कुमाखमा ४ जना बाहेक सबैजनालाइ होम क्वारेन्टाइनमा राखिएको छ । अन्यलाइ घरमा नै राखिएपनि केहिदिन अघि मात्रै हिडेर तराइबाट अएका ४ जनालाइ गाउपालिकाको क्वारेन्टाइनमा राखिएको छ । स्थानीयको पहल तथा अाग्रहमा स्वीकोटका उनिहरूलाइ गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको हो । कुमाखमा विभिन्न वडामा विदेश तथा अन्य स्थानबाट प्रवेश गरेका २६२ जनाले र्यापिड टेस्ट गरिसकेका छन भने केहिदिन अघि पुर्वी नेपालबाट हिडेर अाएकालाइ पनि घरमा नै सुरक्षित बसालिएको छ र उनिहरूको पनि चाँडै टेस्ट गरिनेछ ।

गाउँपालिकाले बनाएका क्वारेन्टाइनमा पुर्वाधार व्यवस्थीत नहुदा उनिहरूलाइ स्वास्थ्यकर्मीको निगरानीमा घरमा नै छुट्टै व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष दिलमाया बुढाले जानकारी दिइन । छुट्टै बस्ने कोठा, शाचालय, खानपानको व्यवस्था गाउँपालिकाको क्वारेन्टाइनमा गर्न नसकिने र त्यस्तो गर्न नसकेर क्वारेन्टाइनमा राखिए एक व्यक्तिमा भए झन अरूमा छिटो सर्ने भएकाले घरमा नै सुरक्षित राखिएको उनको भनाइ छ । अहिले त्यस्ता व्यक्तीको स्वास्थकर्मी र जनप्रतिनिधिले दैनिक अवलोकन गरिरहेका छन ।

त्यस्तै गाउपालिकाले मंगलबारबाट विपन्न तथा असक्तहरूलाइ राहत वितरण गर्ने जनाएको छ । विहान १० बजे वडा नं. ७ को जिमालीबाट राहत वितरण गरिनेछ । जिमालीमा वडाका ४९ परिवारलाइ राहत प्रदान गरिनेछ । पहिलो चरणमा वडाले सिफारिस गरेका ४ सय विपन्न परिवारलाइ राहत वितरण गरिने प्रमुख प्रशासकिय अधिकृत जगत बहादुर घर्तीले जानकारी दिएका छन । उनले पहिलो चरणमा गाउँपालिका भित्रका अति विपन्न दलित तथा मजदुरी गरेर दैनिकी धान्नेहरूलाइ राहत प्रदान गर्न लागिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

<