सल्यानमा धार्मिक जागरण तथा जनगणना २०७८ सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न


सल्यान, ७ चैत ।

सल्यानमा विश्व हिन्दुु महासंघ नेपाल, जिल्ला शाखा सल्यानको आयोजनामा धार्मिक जागरण तथा जनगणना २०७८ सम्बन्धी सचेतना कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै विश्व हिन्दुु महासंघ, नेपाल राष्ट्रिय समितिका केन्द्रिय पदाधिकारीहरुले यो अभियान देशव्यापी भएको भन्दै विभिन्न प्रदेश र जिल्लामा पुुग्ने बताएका छन् ।

बिहाना ११ बजे कार्यक्रममा सहभागीहरुले र्याली सहित नजिकै रहेको रुद्रेश्वर महादेव मन्दिर परिक्रमा गरी सभास्थल प्रवेश गरेका थिए । विश्व हिन्दुु हिन्दुु महासंघ नेपालका केन्द्रीय सदस्य गुमानसिंह बस्नेतको स्वागत मन्तव्यबाट सुुरु भएको कार्यक्रममा शुुभकामना मन्तब्य राख्दै विशिष्ट अतिथि शारदा नगरपालिकाका नगरप्रमुुख सुरेश अधिकारीले आफूूहरु हिन्दुुराष्ट्रको पहिचान कायम गर्नुुपर्ने पक्षमै रहेको र हिन्दु धर्मलाई सवै जातजातीको साझा धर्मको रुपमा बुुझाउन सक्नुुपर्ने कुुरामा जोेड दिनुुभयो ।

सामाजिक सद्भाव, पारस्परीक एकता एबं मेलमिलाप लगायतका कुुराहरुमा धर्मले महत्वपूूर्ण भूमिका खेलेको भन्दै स्थानीय पाठ्यक्रममा पनि समावेश गरेको जानकारी दिनुुभयो ।

सम्बोधनकै क्रममा धार्मिक तथा ज्योतिष परिषद सल्यानका सल्लाहकार देवराज आचार्यले हिन्दु धर्मभित्र असाध्यै राम्रा कुुराहरु हुुँदाहुुदै पछिल्लो पुुस्तालाई महत्व बताउन नसकिएको र केही विचलन देखा पर्न थालेको बताउनुुभयो । कार्यक्रममा शुुभकामना मन्तव्य दिदै गै.स.स. महासंघ सल्यानका अध्यक्ष दिपेन्द्र शाहिले हिन्दुु धर्मभित्र असाध्यै राम्रा कुराहरु हुुदाहुुदै अन्य धर्मप्रति लाग्ने कारण खोतल्न र समाधानका उपायहरु खोज्न जरुरी भएको बताउनुुभयो ।

त्यस्तै कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै विश्वहिन्दुु महासंघका केन्द्रीय सदस्य तथा उपाध्यक्षहरुले धार्मिक जागरणसंगसंगै अब हुुन लागेको जनगणना २०७८ मा हिन्दुु धर्मलाई कमजोर पार्ने गतिविधिहरुप्रति सवैजना सचेत भई जनगणनाको समयमा स्पष्ट रुपमा आफ्नो धर्म लेख्नुुपर्ने जानकारी दिनुुभयो ।

अरु कसैलाई हचुवाको भरमा जनगणनाको फाराम भर्न नहुुने, सकेसम्म मोबाईलमा भरिएको फारामको फोटो चिखेर राख्नपर्ने जस्ता कुुराहरु स्पष्ट पार्नुुभयो । विश्व हिन्दुु महासंघका वरिष्ठ उपाध्यक्ष शंकर खरालले विभिन्न किसिमले हिन्दुु धर्ममाथि प्रहार गर्ने क्रम बढेकोले सवै हिन्दुुहरु सचेत बन्न आवश्यक रहेको बताउनुुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुुख अतिथि तथा विश्व हिन्दुुुमहासंघका केन्द्रिय अध्यक्ष डा. रामचन्द्र अधिकारीले हिन्दुु धर्म जोगाउन र हिन्दुुराष्ट्रको पहिचान जोगाउन सवै हिन्दुुहरु मिलेर अगाडि बढ्नुुपर्ने बताउनुुभयो ।

त्यस्तै विभिन्न स्थानीय तह र वडा तहहरुमा पनि संगठित बन्दै धर्म रक्षाका लागि संगठित हुुनुुपर्ने बताउनुुभयो । कार्यक्रमको समापन गर्दै सभाध्यक्ष तथा विश्व हिन्दुु महासंघ, सल्यानका अध्यक्ष गोविन्द प्रसाद शर्माले सल्यानमा २०६२ देखि नै धार्मिक जागणका कार्यक्रमहरु गर्दै आएको र एकप्रकारको जागरण भईरहेको बताउनुुभयो । सहभागीहरु सवैलाई धन्यवाद् दिदै उहाँले आगामि दिनहरुमा धर्म रक्षाका लागि सवै क्षेत्रबाट संगठित बनेर असल कुराहरु प्रचार गर्न सक्नुुुपर्ने बताउनुुभयो ।

उक्त कार्यक्रममा सल्यानबाट सञ्चालित विभिन्न सञ्चारकर्मीहरुको सहभागीता थियो । जसमा लेकाली अनलाईनका सम्पादक खकेन्द्र केसी, अनलाईन तहल्काका अमृत बाबुु बुुढाथोकी, रेडियो तहल्काका डिल्लीराज रावत र नयाँदृष्टि अनलाईनका सम्पादक भुुम प्रकाश भण्डारी लगायतको सहभागीता थियो ।

त्यस्तै सल्यानका प्रसिद्ध धार्मिक क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष तथा पुुजारीहरु, हिन्दुु महासंघ, सल्यानका जिल्ला कार्यसमितिका पदाधिकारीहरु, शारदा नगरपालिकाका पदाधिकारीहरु, उद्योग वाणिज्य संघका अध्यक्ष कुुमार बुुढाथोकी, स्थानीय प्रतिष्ठित व्यापारी र बुद्धिजिवीहरुको पनि सहभागीता रहेको थियो ।

त्यस्तै सल्यान जिल्लामा योगसाधनामा नियमित रुपमा प्रशिक्षण दिईरहेकी गीता ओली र साधकहरुको सहभागीता थियो भने उत्कृष्ट प्रस्तुतीहरु पनि प्रदर्शन गरिएको थियो ।

कार्यक्रमको सञ्चालन रेडियो तहल्काका स्टेशन म्यानेजर डिल्लीराज रावतले गर्नुुभएको थियो । देश र पुुर्खाको पहिचान जोगाउदै राष्ट्रिय भावना मजबुत बनाउन हाम्रा धर्म र संस्कृतिले पनि महत्वपूुर्ण भूुमिका खेल्दै आएको कुरा धार्मिक जागरण सभाहरुमा राखिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस