सात करोडको लगानीमा जाजरकोटमा प्रशोधन केन्द्र बन्दै

सुर्खेत, ७ चैत ।

जडिबुटीको राजधानी भनेर चिनिने कर्णाली प्रदेशले जडिबुटीलाई प्रदेशको आर्थिक समृद्धिसँग जोड्ने प्रयास गरिएको छ । यार्सागुम्बा, जटामसी, चिराइतो, सुगन्धवाल, पाँचऔले, सेतोचिनी जस्ता करिव सातसय बहुमूल्य जडिबुटीलाई कर्णाली प्रदेशले आर्थिक समृद्धिसँग जोड्ने प्रयास गरेको हो । जडीबुटीलाई अब आर्थिक समृद्धिसँग जोड्नका लागि जाजरकोटमा प्रदेशकै पहिलो जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्न थालिएको छ ।

डोल्पा, जाजरकोट, रुकुमपश्चिम र सल्यानलाई केन्द्रित गरेर जाजरकोटमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न थालिएको हो । संघीय सरकार अन्तर्गतको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले भेरी नगरपालीका वडा नं. १ र ३ को बिच भागमा पर्ने टाट्केचौरमा जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्न लागेको छ । झण्डै १५ रोपनी क्षेत्रफलमा जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्न थालिएको जडीबुटी उत्पादन तथा प्रशोधन

कम्पनी लिमिटेडका महाप्रबन्धक ज्ञानेश्वर कार्कीले जनाए । चालु आर्थिक वर्षमै जडिबुटी प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने गरी पूर्वाधार निर्माण थालिएको छ । प्रशोधन केन्द्र स्थापनाका तथा पूर्वाधार निर्माणको लागि केन्द्रले टेन्डर आह्वान गरिसकेको छ । टेन्डर स्विकृत भएपछि आगामी बैशाखदेखि पूर्वाधार निर्माणको काम सुरु गर्ने महाप्रबन्धक कार्कीले जनाए । जडिबुटी प्रशोधन केन्द्र स्थापनका लागि सरकारले सात करोड बजेट छुट्याएको छ । सोही बजेटबाट प्रशोधन केन्द्रको

भवन निर्माण, आवश्यक मेसिनहरुको खरिद लगायतका पूर्वाधर निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको छ । ‘प्रशोधन केन्द्रका लागि आवश्यक पूर्वाधार निर्माण गर्न टेन्डर आह्वान भइसकेको छ’ महाप्रवन्धक कार्कीले भने, ‘आउँदो बैशाखदेखि पूर्वाधार निर्माणको काम सुरु गर्छाैँ ।’

प्रशोधन केन्द्रमा जटामसी, भोजपत्र, सुगन्धवाल, सुनपाती लगायतको जडिबुटीबाट तेल निकालिने छ । प्रशोधन केन्द्र सञ्चालनमा आएपछि बहुमूल्य जडिबुटीको अबैध चोरी निकासी रोक्न रोकिने अपेक्षा गरिएको छ । प्रशोधनको अभावमा कर्णालीको जडिबुटी तस्करले अवैध चोरी निकासी गरेर भारत र चीनका विभिन्न शहरमा पु¥याउँदै

आएका छन् । प्रशोधन केन्द्र सञ्चालनमा आएपछि स्थानीयले रोजगारी पाउने र व्यावसयिक जडीबुटी खेतिमा आत्मनिर्भर हुने अपेक्षा गरिएको छ । यसैबीच जडिबुटी ऊत्पादनका तथा प्रशोधन कम्पनीका प्रतिनिधिहरुले जडिबुटी प्रशोधन केन्द्र स्थापना हुने क्षेत्रका स्थलगत अध्ययन गरेको छ ।

पूर्वाधार निर्माणका गर्नुअघि कम्पनीले भौगोलिक परिवेश र स्थानीयहरुको धारणा बुझ्ने उद्देश्यले स्थलगत अनुगमन गरेको हो । जडिबुटीसम्बन्धी अध्ययन अनुसन्धान तथा लगानीको अभावमा बर्षेनी कच्चा पदार्थ निर्यायात हुँदै आएका छन् । जसै समस्यालाई मध्ययनजर गर्दै कर्णाली प्रदेशको जाजरकोटमा जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्न थालिएको हो ।

अध्ययन गर्दै कम्पनी

यसैबीच जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले कर्णालीको जडिबुटीको अध्ययन थालेको छ । प्रदेश सरकार तथा विभिन्न जिल्लामा पुगेर टोलिले अध्ययन थालेको हो ।

‘डोल्पा र हुम्ला बाहेक सबै जिल्लामा पुगेर जडिबुटीको अध्ययन थालेका छौँ’ कम्पनीका महाप्रबन्धक ज्ञानेश्वर कार्कीले भने, ‘काठमाडौमा रहेको प्रशोधन केन्द्रलाई आवश्यक पर्ने कच्चा

पदार्थको खोजी गर्न कर्णालीमा आएका हौँ ।’ कर्णालीमा जडिबुटीको अध्ययन गरेपछि सोही अनुसार कम्पनीले आगामी रणनीति तथा योजना बनाउने कार्कीले बताए । ‘कर्णालीमा बहुमूल्य जडिबुटी कुहिन्छ, काठमाडौँमा ठूलो प्रशोधन केन्द्रले जडिबुटी नै पाउँदैन’ उनले थपे, ‘कर्णालीमा जडिबुटीको उपलब्धता र व्यावसायिक खेतिको सम्भावना अध्ययन गर्दैछौँ ।’

अध्ययनले कर्णालीको जडिबुटीको वास्तविकता बुझ्ने, उत्पादन तथा बजारिकरण, व्यवासायिक खेतिको लागि सरकारलाई आगामी रणनीति बनाउन सहज हुने उनको भनाइ छ ।

पूर्वाधार निर्माणमा स्थानीयको सक्रियता

जाजरकोटमा जडिबुटी प्रशोधन केन्द्रको पूर्वाधार निर्माणमा स्थानीयले सक्रियता देखाएका छन् । गाउँमा विकास निर्माण हुने भएपछि स्थानीयले सक्रियता देखाएका छन् । केन्द्रका लागि स्थानीयले जग्गा, पानीको र सडक पूर्वाधार निर्माणमा सक्रियता देखाएका हुन् । स्याँखापाखा कालेगाउँ सामुदायिक वन उपभोक्ता समितिले निःशुल्क रुपमा जग्गा उपलब्ध गराएका

स्थानीयले पानीका लागि तीन वटा पानीको स्रोतहरु उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । ‘गाउँमा विकास निर्माण हुने भएपछि बनको जग्गा उपलब्ध गराएका छौं’ स्याँखापाखा कालेगाउँ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष विरबहादुर बस्नेत, ‘अब पानीको स्रोत, विद्युतिकरण र सडक निर्माणमा हातेमालो गर्छाैं ।’

प्रशोधन केन्द्र भेरी करिडोर नजिकै पर्ने भएपनि सो क्षेत्रसम्म सडक र विद्युत पु¥याउन कुनै अवरोध आउन नदिने उनको भनाइ छ ।
पकेट क्षेत्र निर्धारण जडिबुटीलाई आर्थिक समृद्धिसँग जोड्नका लागि जडीबुटी खेति र पकेट क्षेत्रहरु निर्धारण गर्नुपर्ने कर्णाली प्रदेश योजना आयोगको निचोड छ ।

जसका लागि सामुदायिक, निजी तथा कृषि बनमा जडीबुटी खेति गर्नुपर्ने प्रदेशको पञ्चवर्षिय योजना तथा रणनीतिमा समेटिएको छ । प्रदेशको हावापानी र माटो सुहाउँदो क्षेत्रमा जडिबुटी खेती गर्नुपर्ने, जडीबुटी पकेट क्षेत्र निर्धारण गर्नुपर्ने, जडीबुटी खेतीका लागि प्रदेश सरकारले अभिप्रेरणामूलक कार्यक्रमहरु ल्याउनेपर्ने आयोगको जनाएको छ । आयोगले कर्णालीमा जडीबुटीको ब्रार्डिङ गरिनुपर्ने, जटिबुटीमा आधारित उद्योगहरुको स्थापना, प्रयोगशाला तथा प्रशोधन

पूर्वाधारको विकास र जडिबुटीको मूल्य अभिबृद्ध गर्नुपर्ने जस्ता कार्यक्रम पञ्चवर्षिय योजना समेटिएको छ । उल्लेखित गतिविधिहरु गरेको खण्डमा बहुमूल्य जडीबुटीको उत्पादनमा बृद्धि हुनु, व्यावसायिक जडीबुटी खेति गरिने, लोपउन्मूख जडीबुटीहरुका संरक्षण हुने र कर्णालीको आर्थिक बृद्धिदरमा ठूलो राहत मिल्ने आयोगको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस

<