सल्यान रुकुम यातायात व्यवसायि समितीको अध्यक्षमा राई निर्वाचित

 

कुमाख समाचार
सल्यान,  चैत्र ६ ।

सल्यान रुकुम यातायात व्यवसायि समितिको अध्यक्षमा अरबिन्द्र कुमार राई निर्बाचित भयका छन ।
मंगलबार सम्पन्न चौथो अधिबेशन बाट राई निर्बिरोध निर्बाचित भयका हुन ।

जसको बरिस्ठ उपाध्यक्षमा डम्बर बहादुर कवर, उपाध्यक्षमा राम बहादुर खड्का, महासचिवमा लाल बहादुर बुढाथोकी, सचीवमा तोकलाल शर्मा, कोषाध्यक्षमा रन्जित कुमार राई, सह कोषाध्यक्षमा प्रदिप पान्डे, सहसचिबमा राजेन्द्र कुमार थापा निर्बिरोध निर्बाचित भयका हुन ।
त्यसैगरी सदस्य हरुमा राजेस बिक, यादव हमाल, प्रकाश भन्डारी, नरबहादुर थापा र जब्बर अलि निर्बाचित भयका छन ।
२०६६ सालमा खुलेको समितिबाट महासचिव रहेका राई समितिको दोश्रो अध्यक्ष बनेका हुन् । संस्थापक अध्यक्ष लोकमान बुढाथोकी समितिको ३ कार्यकाल अध्यक्ष भयर हाल समितिको  सल्लाहकार भयका छन ।

नब निर्बाचित अध्यक्ष राईले सबै व्यवसायिलाई समेटेर लग्ने बताएका छन । लोकमान बुढाथोकीले जसरी नै आफूले उष्कृष्ट  काम गर्ने बताए । उनले समिति र व्यबसायिको निम्ति सधैं लड्ने बताए । तर सल्लाह भने सवैको लिएर नै अगाढि बढ्ने जानकारी दिए । यातायात क्षेत्रमा जनताको सेवा सुविधाका लागि आफूले सक्दो सेवा सुविधा प्रदान गर्न कटिबद्ध भएर लाग्ने बताए । राई समितिको सस्थापक समेत हुन ।

भावुक हुँदै विदाई भए लोकमान

सल्यान रुकुम यातायात व्यवशायी समितिको नयाँ नेतृत्व चयन हुने र पुरानो समितिको विदाई हुँदै गर्दा हालसम्म समितिको नेतृत्व सम्हाल्दै आएका लोकमान बुढाथोकी निकै भावुक बने । जाँदा जाँदै उनले आफूले जस्तै समितिलाई क्रियाशिल बनाईराख्न शुभकामना पनि दिए । उनले भने, मैंले बागचौर नगरपालिकाको प्रमुखमा चुनाव जिते, जनताको लागि सेवा गर्ने अर्को ठाउ पाए , त्यसमै ब्यस्तताका कारन समिको अध्यक्ष छोड्नु परेता पनि समितिप्रतिको माया र साथ सहयोग रहिरहने छ । आफूले निकै संघर्षका साथ काम गरेको बताउदै उनले अब पनि समितिले सक्षमता प्रदर्शन गरोस् भन्ने कामना गरेका थिए ।

बुढाथोकीले आफ्ना समितिका कर्मचारीहरु फौजी शक्ती भयको दाबी गरेका छन । सल्यानका नेपाली सेना र नेपाल प्रहरी पछिको फौजी शक्ति आफ्ना कर्मचारी रहेको बताउदै उनले कर्मचारी हरुले पाइला पाइलामा साथ र सहयोग गरेका कारण फौजी शक्तिको रुपमा दर्जा दियको बताए ।

नया कार्यसमितिले सम्मान तथा बिदाई गर्दै गर्दा ९ बर्ष सम्म समितिको अध्यक्ष भई चलाएका बुढाथोकी निकै भावुक बनेका थिए ।

प्रतिक्रिया दिनुहोस

<