वडा सदस्य शाहिद्वारा विद्यालयमा अक्षकोष स्थापना

सल्यान, ८ फाल्गुन ।

सिम्ता गाउँपालिका सुर्खेतमा समाज सेवि तथा जनप्रतिनिधि लोकवहादुर शाहिद्वारा विद्यालयमा पुन : अर्को अक्षकोष खडा गरिएको जनाएको छ । अहिलेसम्म जनप्रतिनिधि भए यताको सेवा सुविधा सामाजिक कार्यामा खर्च हुदै आएको छ ।

सिम्ता गाउँ पालिका वडा नं. ३ का वडा सदस्य शाहीले चन्द्रसेवा आधारभुत विद्यालय काक्रेतडामा आमा बुवाको सम्मानमा २१ हजारको अक्षयकोष स्थापना गर्नुभएको छ ।

जसको उदे्श्य गरिब, जेहन्दार, असाय र विपन्न बालबालिकालाई प्रत्येक वर्ष अक्षयकोषबाट आएको व्याजबाट कापीकलम तथा शैक्षिक सामाग्री वितरण गर्ने रहेको छ।वडा सदस्यले यस अघि पनि पहिलो वर्ष मावि लापुमा स्वर्गीय दाजु यामु शाहीको सम्झनामा ५० हजारको अक्षकोष, दोस्रो वर्ष आमा बुवाको सम्मानमा आधारभुत विद्यालय झ्याममा २५ हजारको अक्षयकोष स्थापना गरिएको थियोे ।

साइकल यात्री तथा योग गुरु बालकृष्ण शाहलाई ३० हजार र सिम्ता बहुमुखी क्याम्पसलाई ११ हजार सहयोग लगाएत वडा सदस्य को नाममा आउने सेवा सुविधा सामाजिक कार्यमा लगाइरहनु भएको छ र आगमि दिनमा पनि यो अभियान जारी रहने घोषणा समेत गर्नुभएको छ ।

अक्षकोष घोषणा कार्यक्रम वडा अध्यक्ष नहकुल बुढा, प्र.अ राधिका आचार्य बिद्यालय व्यवस्थापन समिति अध्यक्ष गुमान नेपाली, भाइ चन्द्र बहादुर साहि र शाहीको श्रीमति कौशिला शाही, रुपलाल महतरा, तिलक शर्मा अभिभावक, विद्यार्थीहरु र स्थानीयहरुको उपस्थिति रहेको थियोे ।

हालसम्म विभिन्न विद्यालय र सामाजिक क्षेत्रमा गरि १ लाख ३७ हजार वराबरको जनप्रतिनिधिको सबै सेवा सुविधाको पारिश्रमिक रकम अक्षकोष स्थापना गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

<