बिहीबार राजु परियार र शान्ता बस्नेतले तताय मञ्च, शुक्रबार अशोक दर्जि र शनिवार रेखा थापा सल्यान आउँदै

सल्यान, ८ फाल्गुुन
कृषि, पशु, वन, उद्योग, ब्यापार, पर्यटन बिकासको परिकल्पना, ब्यबसायीकरणद्धारा आर्थिक उन्नती गरी समृद्ध समाजको स्थापना भन्ने मुल नाराका साथ माघ २९ गतेदेखी श्रीनगरमा उद्योग बाणिज्य संघको आयोजनामा संचालित प्रादेशिक कृषि, पर्यटन, उद्योग, ब्यापार तथा सांस्कृतिक महोत्सब २०७६ ले श्रीनगर बजार तताइरहेको छ ।

स्थानीय तथा राष्ट्रिय कलाकारहरुले महोत्सवमा सहभागीहरुलाई भरपूूर मनोरञ्जन गराइरहेका छन् । दिनहु कुनै न कुुनै ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुुति प्रत्यक्ष हेर्न र सुुन्न पाउदा मेलाको रौनकता बढिरहेको छ ।

सल्यानबाट राजधानी लगायतका शहरमा छिरेका कलाकारहरुले राष्ट्रिय कलाकारको पहिचान बनाएका छन् । भागिरथ चलाउने, शक्ति चन्ददेखि लिएर हाँस्य कलाकार कुुलबहादुुर वलीले पनि आफ्नो कला प्रस्तुुत गरिसकेका छन् ।

त्यस्तै काँशीराज अधिकारी, सरिता बुुढाथोकी र शान्ता वस्नेत लगायतका कलाकारहरुलाई धेरैले चिन्ने र देख्ने र सुुन्ने अवसर पाएका छन् । बुुधवार राष्ट्रिय अन्तराष्ट्रिय चर्चामा रहेकी बाल प्रतिभा कमला घिमिरेले सवैलाई मख्ख पारेकी थिएन । बुुधबार नै ब्राइटपर्ल बोर्डिङ स्कुलका विद्यार्थीको प्रस्तुति थियो भने अन्य स्कुुलहरु समेत सहभागी हुुने आयोजकले जानकारी दिएको छ । बिहीबार राजुु परियारसंगै शान्ता बस्नेतले मञ्च तताएका छन् ।

राजुु परियारको सुुनपानीले छर्क मायालुु, कति राम्रो दमाईको छोरो लगायतका गीतहरुमा दर्शक तथा श्रोता भूूले । विष्णु सुुनार र कमला घर्तिसंग राजुु परियारले खुलेर दोहोरी गाए । सल्यानी प्रतिभा शान्ता वस्नेतको नृत्य र गायनमा पनि सवै सहभागीहरु त्यत्तिकै रमे ।

कमल गाउलेले कार्यक्रम सञ्चालन गरेका थिए ता पनि उनले अपेक्षितरुपमा हाँस्यव्यंग्य प्रस्तुत गरेनन् । महोत्सवमा लोकदोहोरी प्रतिष्ठान सल्यानका र प्रदेश स्तरसम्मका कलाकारहरुले दिनहु साथ दिएका छन् । यम थापा, गिता खड्का, प्रेम नारायण बि.क लगायतले शुुरुदेखि नै कला प्रस्तुुत गरेका छन् । मेलामा पिङ, बाल उद्यान, लगायतका अन्य विविध पक्षले पनि मनोरञ्जन गराएका छन् ।

सल्यानको पहिचानको रुपमा रहेका फलफुल, मशला, टिमुर, सुठो, तरकारीका बीउबीजनको पनि व्यापार तथा प्रचारप्रसार भईरहेको छ । महोत्सवमा विद्यालयका भाइबहिनीहरुले समेत प्रतिभा देखाउने अवसर पाएका छन् । शुक्रबार अशोक दर्जी लगायतका कलाकारहरु आउने र शनिवार रेखा थापा सल्यान आउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस

<