कपुरकोटमा स्वास्थ्य संस्था व्यवस्थापन समिति पुनर्गठन र क्षमता अभिवृद्धि तालिम सञ्चालन

Photo of स्वास्थ्य संस्था व्यवस्थापन समितिको क्षमता अभिवृद्धि शंकर के.सी,
सल्यान, ८ फाल्गुन ।
कपुरकोटका सबै स्वास्थ्य चौकीहरुमा व्यवस्थापन समिति पुनर्गठन गरिएको छ । साथै पुनर्गठीत समितिका पदाधिकारिहरुलाई क्षमता अभिमुखीकरण पनि गरिएको छ ।

गाउँपालिकाले भर्खरै पारित गरेको स्वास्थ्य सेवा ऐनको ब्यवस्था अनुसार ४ वटा स्वास्थ्य चौकीमा स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समिति पुनर्गठन गरिएको स्वास्थ्य शाखाका संयोजक अरुण दाहालले जानकारी दिए ।

समितिको संरक्षकमा गाउँपालिका अध्यक्ष र व्यवस्थापक समितिको अध्यक्षमा सम्बन्धित वडाका वडा अध्यक्ष रहेका छन् । यस्तै उपाध्यक्षमा निर्वाचित महिला सदस्य, सदस्यहरुमा सम्बन्धित क्षेत्रको विद्यालयको महिला शिक्षीका, स्थानीय व्यापारी मध्येबाट एक, स्वयमसेविकाबाट एक, सम्बन्धित वडा सचिव एक र स्वास्थ्य चौकी प्रमुख सदस्य सचिवको रहेका छन् ।

आमन्त्रीत सदस्यहरुमा दलित जनजातिबाट १ जना, अपांग, अशक्त वा जेष्ठ नागरिकहरु मध्येबाट १ जना र किशोर किशोरीहरुको तर्फबाट १ जना रहने ब्यवस्था छ ।

पुनर्गठीत समितिका पदाधिकारिहरुलाई समितिको काम कर्तव्य तथा अधिकारका बारेमा अभिमुखिकरण गरिएको स्वास्थ्य शाखा संयोजक दाहालले जनाए । गाउँपालिका भित्रका ४ वटै स्वास्थ्य संस्थाहरुमा दुई÷दुई दिनको अभिमुखिकरण सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

<