सञ्चारमन्त्री बास्कोटाले अश्लील बोल्दै कमिसन मागेको अडियो सार्वजनिक (सुन्नुहोस् अडियो)

काठमाडौं, ८ फाल्गुन ।
सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा सेक्यूरिटी प्रेस खरिदका क्रममा प्राप्त हुने कमिसनसम्बन्धी विवादमा मुछिएका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा बाँस्कोटाले स्विस कम्पनीका नेपाल एजेन्टसँग ७० करोड कमिनस मागेको अडियो यतिबेला अनलाइन सञ्चारमाध्यमा भाइरल भइरहेको छ। मन्त्री बास्कोटाले मन्त्रालयका कर्मचारीलाई स्त्रीजन्य अश्लील शब्दले गाली गर्दै दलालसँग कमिसनको कुरा गरेको अडियो सार्वजनिक भएको छ ।

‘हाम्राकुरा डटकम’ लगायत अन्य डिजिटल प्ल्याटफर्ममा घुसको अडियो र त्यसक्रममा गरिएको संवादको विवरण सार्वजनिक भएको छ ।

सेक्यूरिटी प्रेससँग सम्बन्धित एक प्रतिनिधि विजयप्रकाश शर्मा मिश्रसँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले आफ्नो कार्यकक्षमै बोलाएर कमिसनको अंकबारे सांकेतिक कुराकानी गरेका हुन् ।
‘यस्तो कुरामा यी मु‘ कर्मचारीसँग लग्यो भने यिनीहरुले हेप्छन्,’ अडियो सम्वादमा सेक्युरिटी प्रेसबारे मन्त्री बास्कोटाले कर्मचारीलाई संकेत गर्दै एजेन्टसँग भनेका छन्, ‘यो मु‘।ले बनाएको त ३५ अर्बको छ नि, यो ३५ अर्ब नै नभएपछि, २७ अर्बको निस्केपछि २८ अर्ब बनाउनोस् ।’

अडियो सम्वादमा मन्त्री बास्कोटासँग कुरा गर्ने व्यक्ति स्वीस कम्पनीको एजेन्ट हो भन्ने कुराकानीबाट बुझ्न सकिन्छ । अडियोको सुरुमै एजेन्टले मन्त्री बास्कोटालाई भनेका छन,‘ यो १२ गते १२ बजेपछि स्वीस एम्बेसी आउँछ.. समय मिलाउनुहोला ।’

बाँकी तलको अडियोमा सुन्नुहोस्

प्रतिक्रिया दिनुहोस

<