सिम्ता गाउंपालिकाको हिउंदे अधिवेशन सम्पन्न

  सल्यान, ८ फागुन ।सुर्खेतको सिम्ता गाउँपालिकाको हिउँदे अधिवेशन सकिएको छ । माघ १ गते सुरु भएको अधिवेशन महत्वपुर्ण निर्णय गर्दै आज सकिएको जनाएको छ ।

हिउँदे अधिवेशनमा प्रस्तुत ६ वटा विषयगत एजेण्डाहरु अनुमोदन गरिएको छ । आवधिक योजना, रकामान्तरण, २०७४ संसाधन सहकारी सम्बन्धी विधेक दर्ता, नविकरण, सिम्ता ग्रामिण संस्था, सडक, भवन डिपियार र न्यायीक समितीको ऐन संसोधन अनुमोदन गरिएको छ । करिव १ महिना अघि सुरु भएको हिउँदे अधिवेशन ३ दिन चलेर स्थगित भएको थियो ।

हिउँदे अधिवेशनको उद्घाटनसँगै समापन गाउँपालिका अध्यक्ष कविन्द्र कुमार के.सीले गरेका थिए । साथै आज गाउँपालिकाले उद्योगमन्त्री मातृका प्रसाद यादव, पुर्व मन्त्री तथा नेकपा कर्णा्लि प्रदेशका इन्चार्ज जनार्दन शर्मालाई गाउँपालिकाको कार्यालयमा स्वागत गरिएको छ ।

स्वागत कार्यक्रममा सिम्ता क्षेत्रका सरोकारवाला निकाय, विभिन्न संघ संस्थाका प्रतिनीधी, जनप्रतिनीधी, व्यापारि र स्थानीयले फुलमाला लगाएर स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

<