सडक स्तरोन्नतीमा ढिला किन ?


राप्ती राप्ती राजमार्ग र त्यसमा पनि प्रदेश समेत जोड्ने दाङ सल्यान सडक खण्डको अवस्था निकै नाजुुक छ ।

अगाडि कुुनै गाडि छ भने पछाडि चल्ने सवारी साधनका यात्रुुुहरुले निकै नै धुुलो खानुुपर्ने अवस्था छ । अँझ कतिपय अवस्थामा त पछाडिको सवारीले अगाडिकोलाई उछिन्नुुपर्ने अवस्था आउछ र त्यस अवस्थामा दुुर्घटनाको निकै जोखिम मोल्नुुपर्ने हुुुन्छ ।

एकातिर सडक साँगुुरा छन्, त्यसमा पनि खाल्डाखुुल्डीले गर्दा सवारी साधन नै लामो समय डिकाउ नहुुने अवस्थामा पुुग्दछन् । न नालि सफा गरिएको छ, न सडक छेउछाउका पहिरोहरु हटाईएको छ, न कतै टालटुल गरिएको छ, सडकलाई पुुरै व्यवास्ता गरिएको छ ।

जतिवेला सडक दुुर्घटना हुुन्छ, त्यतिबेला मात्र सडक अलि राम्रो भएन भन्ने कुुराहरु उठ्ने गर्दछ, तर अरुबेला सवै सरोकारवालाहरु मौन बसेको अवस्था छ । अहिले कसैको सत्तामा पुुग्ने पालो ढिला भयो भनेर आन्दोलन गर्नेहरु समयमै बजेट कार्यान्वयन हुुनुुपर्यो भनेर कहिल्यै सडकमा आएनन् । नेपालको राजनीति यति घिनलाग्दो र फोहोरी भएको छ कि यसले देशलाई समृद्धिको गतितिर लिन निकै कठिनाई बनाएको छ ।

गर्नुपर्ने कुराहरुमा कहिल्यै आन्दोलन हुुदैन, तर नगर्नुुपर्ने कुरामा खुवै आन्दोलनका कुुराहरु हुुन्छन् । आफ्नो कार्यकर्तालाई योजनाको मालिक बनाउन सकिएन भने बरु बजेट नै फ्रिज होस् भन्ने सोच र उदेश्य अनुुसार काम गरेको सवैलाई थाहै छ । गोप्य टेन्डर आह्वानदेखि नतिजा निकाल्नेसम्म सवैमा जालझेल गर्ने गरिन्छ । यसरी देश बर्बादीको दिशामा अगाडि बढिरहेको छ ।

दाङ सल्यान सडक खण्ड स्तरोन्नतीको चर्चा चलेको धेरै भयो । बजेट परेको हल्ला चल्ना थालेको पनि धेरै भयो । कुुनै समय थोरै बजेट विनियोजन हुुने र कुुनै समय बजेट कार्यान्वयनमै नजाने समस्या देखा परेको छ ।

गत वर्ष पनि ४९ करोड बजेट कार्यान्वयन हुुन नसकेको हो । बजेट विनियोजन गराउन सफल भयौं भनेर ठूूला ठूूूूूूूूूूूला भाषण गर्ने नेताहरुका भाषण पनि काम लागेनन् । बजेट विनियोजन मात्रै गराउने र कार्यान्वयनमा लैजाना नसक्ने बजेट पार्नुुको कुुनै महत्व छैन ।

दाङ सल्यान सडक खण्डले दुईवटै रुकुुमलाई जोडेको छ । समग्र विकास निर्माण प्रक्रियाको मेरुदण्डको रुपमा रहेको सडक निर्माणलाई वेवास्ता गरिनुु समग्र सल्यान र रुकुुमेली जनताको भावनामा खेलवाड् गर्नुु हो ।

आज यस क्षेत्रका प्रत्येक नागरिकहरुले प्रश्न गरिरहेका छन्, सडकको स्तरोन्नती कहिले हुुन्छ ? सडक स्तरोन्नती के कारणले ढिलाई भईरहेको छ ? जिम्मेवार निकायले नागरिकलाई जवाफ दिन र नागरिकको मागलाई तत्काल सम्बोधन गर्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

<