जिल्ला हुलाक कार्यालय सल्यानमा प्राथमिक उपचार सेवाको व्यवस्था

कुमाख समाचार
सल्यान २ असोज
विश्व प्राथमिक उपचार दिवस १४ सेप्टेम्बरको अबसर पारी जिल्ला हुलाक कार्यालय सल्यानमा प्राथमिक उपचारको व्यवस्था गरीएको छ । स्वास्थ्य कार्यालय सल्यानको समन्वयमा कार्यालयमा प्राथमिक उपचारको व्यवस्था सुरु गरीएको हो । प्राथमिक उपचार अन्तरगत टाउको दुखेमा, सामान्य चोटपटक लागेमा, झाडापखलाको सामान्य उपचार गरीने छ । सेवामा सिटामोल, जिवनजल, पट्टि लगायतको व्यवस्था गरीएको छ । देख्दा सामान्य लागे पनि यस प्रकारको सेवाले बिरामी पर्दा तत्कालका लागि ठुलो राहत पुग्ने कार्यालय प्रमुख धिरेन्द्र भण्डारीले बताएका छन् । यो काम एउटा नमुनाको रुपमा भएको बताउदै उनले सेवा ग्राहिको भिडभाड हुने कार्यालयहरुमा यसको अझ बढी महत्व हुने बताए । जिल्ला हुलाक कार्यालय सल्यानले यस अघि पनि स्तानपान कक्ष निर्माण लगायतका नमुना योग्य कामहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

<