सल्यानकाे माेख्ला पुलमा शारदा नदि थुनिएर फुट्याे, पानीकाे बहाव उच्च

असार ५, सल्यान । सल्यानकाे माेख्ला स्थित पुलमा शारदा नदि थुनिएर फुटेकाे छ । बागचाैर नगरपालिकाकाे माेख्ला स्थित दमाचाैर जाेड्ने पुलमा पानी थुनिएर अहिले भर्खर थुनिएकाे पानी फुटेकाे हाे ।

माेख्ला पुगेका पत्रकार डिल्लीराज रावतका अनुसार अहिले पुलमा थुनिएकाे पानीकाे बाँध फुटेर शारदा नदिमा उच्च बहाव हुँदै बगिरहेकाे छ । याे पानीकाे बहाव इतिहासकै ठुलाे पानीकाे बहाव भएकाे उनकाे भनाइ छ ।

शारदा नदिकाे पानीले माेख्लादेखि तलतिरकाे भागमा ठुलाे क्षेती पुर्याउने देखिएकाे छ । नदि आसपासका बासिन्दा सचेत हुन आग्रह गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस

<