शारदा नगरपालिकामा विदेशबाट आएका १०७ जनामा र्यापिड परीक्षण गरिँदै

 सल्यान७ वैशाख । शारदा नगरपालिकाले चैत्र १ गते पछि बाह्य मुलुकबाट नगरपालिका प्रवेश गरेका व्यक्तीहरुमा र्यापिड परीक्षण गर्ने भएको छ । नगरपालिकाले ति व्यक्तीहरुमा संक्रमण भए नभएको थाहा पाउन सोमबार नगरको वडा नम्बर ८ र १ मा रहेको मार्के मावि र शिवजन माविमा र्यापिड परीक्षण गर्न लागेको हो । र्यापिड परीक्षण विभिन्न मुलुक वाट आएका एक सय सात र अन्य शंकास्पद व्यक्तिहरुमा गर्न लागेको नगरपालिकाले जनाएको छ ।

आवश्यक स्वास्थ्य सामग्री, किट आदिको व्यवस्था भईसकेकोले परीक्षण शुरु गर्न लागिएको शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले जानकारी दिनुभयो । हाल नगरपालिकालाई कोरोना परीक्षणका लागी दुई सय वटा किट प्रदेश सरकारले उपलब्ध गराएको छ ।

mayer khabar

 

प्रतिक्रिया दिनुहोस

<