सामुदायिक वनले प्रदान ग¥यो उपभोक्तालाई मास्क र साबुन 

बैशाख ७, सल्यान ।

सल्यान दार्मा ५ लामपाखा टोलमा हातधुने सावुन र मास्क वितरण गरिएको छ । वडा कार्यालयको समन्वयमा जनविकास सामुदायिक वनले आफ्ना १ सय उपभोक्तालाई प्रतिघर १ पिसका दरले साबुन र ५ सय पिस मास्क वितरण गरेको अध्यक्ष लोक बहादुर खड्काले जानकारी दिएका छन ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि यसले सहयोग गर्ने भन्दै आवश्यकपरेमा अन्य राहत सामाग्री पनि वितरण गरिने वडा नं. ५ का अध्यक्ष राम बहादुर केसीले जानकारी दिएका छन ।

मास्क वितरणमा ढाकाडाम स्वस्थ्य स्वयमसेविका चम्फा खड्का, वडा सदस्य निम बहादुर खड्का, शिक्षक जगत खड्का लगायतको उपस्थिती रहेको त्यहाँबाट नविन खड्काले जानकारी दिएका छन ।

 

प्रतिक्रिया दिनुहोस

<