कुुमाख गाउँपालिका वडा नं. ४ मा खानेपानीको हाहाकार

सल्यान ,७ बैशाख

कुमाख गाँउपालिका वडा नं. ४ मा खानेपानीको हाहाकार परेको छ ।स्थानीय भाँरेखोलामा रहेको खानेपानीको मुहानमा पानीको मात्रा घटेपछि कुमाख गांउपालिका वडा नं ४ को कुयापानी ,थदरा,स्यानिपिप्ली ,
भण्डारखोला लगाएतका ठाँउमा खानेपानीको चरम अभाव परेको हो ।खानेपानीको चरम अभाव परेसंगै नुहाउन, कपडा धुना, गाग्रीमा पानी ओसार्ना, बस्तुभाउलाई पानी खुवाउना भेरी नदिमा जानुपर्ने बाध्यता रहेको छ ।

समिति र पलम्बरको बिबादका कारण आफुहरुले पिउदैँ आएको खानेपानी रोकिएको स्थानीयबासिको गुनासो छ, यता समितिले भने केही महिना देखि झेल्दै आएको खानेपानीको समस्या सामधान गर्ना खानेपानीको मुहान सम्म पटक पटक पुगेर मर्मत संम्भार गर्दापनि खानेपानी धारा सम्म नपुगेको स्विकार गरेका छन् ।

गाँउनजिकै रहेको कुवा पनि सुकेको र बर्षौँदेखि पिउदै आएको पानी पनि सुक्दै गएपछि दिनप्रतिदिन उपभोक्ताहरु झन चिन्तित बनेका छ्न । पहिलेदेखि नै पटक पटक खानेपानी मर्मत संम्भारका लागि बजेट परेता पनि मनमौजी तरिकाले समिति गठन गर्ने र पारदर्शी ढंङगले योजना सम्पन्न नगर्ने, परेको योजनामा समितिमा बसेका ब्यक्तिहरुको कमाई खाने भाँडो भएको स्थानीयहरुको आरोप छ ।

गाउँमा खानेपानीको योजना आउँछ, स्थानीयले श्रमदान पनि गर्छ्न् , योजना निर्माण पनि हुन्छ, टंकी पनि बनेका हुन्छन्, गाँउमा धारा पनि बनेका हुन्छ्न् तर योजना निर्माण भएको केही समयमै खानेपानी आउन छाडछ, फेरि स्थाीनय परम्परागत रुपमा पिँउदै आएको कुवा र खोलाबाट भागबन्डा गरेर पानीको गुजार गर्नुपर्छ, अहिले यी पानीका मुहान समेत सुकेपछि अर्कोको गाँउमा गएर पानी ल्याउन र भेरी नदिको फोहोर पानी पिउन आफुहरु बाध्य भएको एक स्थानियले बताए ।

कुमाख गाँउपालिका वडा नंं. ४ मा पर्ने खानेपानीको योजनामा जनप्रतिनिधिको प्रभावकारी अनुगमण नहुँदा र जनाप्रतिनिधि र सम्बन्धित निकायले ध्यान दिना नसकेको भन्दै स्थानीयबासिहरुले दुःख ब्यक्त गरेका छ्न् ।

प्रतिक्रिया दिनुहोस

<