हिडेर अाएका कुमाखका ३३ जना गाउँपालिकाको गाडीमा, केहिदिन क्वारेन्टाइनमा

बैशाख ६, सल्यान ।

यात्रामा रहेका सल्यान ३३ जनालाइ कुमाख गाउँपालिकाले गाडिको व्यवस्था गरी गन्तव्य सम्म लिएको छ ।

टाढाबाट अएका मजदुरको समस्यालाइ ध्यानमा राखेर प्रमुख जिल्ला अधिकारि संगको गाडिपासको अनुमतीमा सल्यानको कपुरकोटबाट गाडिको व्यवस्था गरेको गाउँपालिका अधयक्ष दिलमाया बुढाले जानकारी दिइन ।

गाउँपालिकाबाट कामका लागि बाहिर गएका व्यक्तिको उद्धार तथा व्यवस्थापनमा गाउँपालिकाले कुनैपनि कसर बाँकी नराख्ने भन्दै त्यस्ता व्यक्ती कहाँ छन जानकारी दिन सबैलाइ अनुरोध गरेकी छन । लकडाउनमा सरकारको नियम पालना गर्नेगरी सबै घरमा बस्नुपर्नेबेला घर अउनको लागि हिडेकाहरूको दुःखलाइ ध्यानमा राख्दै यो व्यवस्था गरिएको हो ।

उनले बाँके तथा बर्दियाको बबइमा पनि केहि कुमाख बासी भएको खबर अाएको र उनिहरूलाइ पनि कुमाखसम्म ल्याउन र सम्बन्धित क्षेत्रमा क्वारेन्टाइनमा बस्न बाँके र सुर्खेतका प्रमुख जिल्ला अधिकारी संग कुरा भएको जानकारी दिइन ।

उनले बाग्लुङ बाट रूकुम हुदै अाएका व्यक्तहरूलाइ समयमा उद्धार गर्न पहल गर्दागर्दै उहाँहरू सम्पर्कमा अाउन नसकेको भन्दै बाग्लुङको सम्बन्धित गापाका अध्यक्षलाइ फोन गरेर सिमासम्म पठादिनुस र हामी यताबाट व्यवस्था गर्छाै भनेको तर त्यो पछि उहाँहरूको सम्पर्क छुटेको स्पस्ट पारिन ।

त्यस्तै कुमाख गाउँपालिकाले बाहिरबाट अाएकालाइ केहिदिन गाउपालिकाले बनाएको क्वारेन्टाइनमा राख्ने र केहिदिनपछि स्वास्थ्यजाँच गरेर मात्रै घर पठाउने बताइन ।

प्रतिक्रिया दिनुहोस

<