लकडाउन, मानवीय स्वभाव र क्रियाकलाप

करीब ३ दशकयता नेपाल लगायत विश्वमा नै ठूूला ठूूला घटनाहरु घटे । नेपालको सन्दर्भमा २०४६ को जनआन्दोलन, २०५२ देखि शुुरु भएको माओवादीको १० वर्षे जनयुुद्ध र दशौं हजार नागरिकको मृत्युु, २०५८ को दरवार हत्याकाण्ड, २०६२।०६३ को माओवादी सहितको संयुुक्त जनआन्दोलनले २०६५ मा विधिवतरुपमा २४० वर्षदेखि चल्दै आएको शाहबंशिय राजतन्त्रको समाप्ती जस्ता ऐतिहासिक घटना घटेका छन् । त्यस्तै एैतिहासिक संविधानसभाको निर्वाचन, २०७२ को नरसंहारकारी भुुकम्प र त्यसबाट हजारौं मानिसको मत्युु, ऐतिहासिक धरहरा र कतिपय दरवारहरु ध्वस्त, संविधानसभाबाट संविधान र राज्यको पुुनर्संरचना जस्ता काम कुुराहरु पनि यसै समयमा भएका छन् ।

 

त्यसैगरी २०७६ को अन्तिमतिरबाट कोरोना महामारीले नेपाल लगायत विश्वका कैयौं देशहरुमा ठूूूूूूूूूूूलो संकट निम्त्याएको छ । लामो समयको लकडाउनले अर्थतन्त्र चौपट भएको छ । कोरोना भाइरसको संक्रमणबाट संसारको शक्ति राष्ट्र अमेरिका सवैभन्दा बढी प्रभावित भएको छ । आजसम्म आईपुुग्दा अमेरिकामा मात्रै करीब ४० हजारको संख्यामा मानिसहरु मर्न थालेका छन् भने ७ लाख जति मानिसहरु अमेरिकामा मात्रै संक्रमित छन् । विश्वभर करीब २३ लाख मानिसहरु संक्रमित भएका छन् ।

 

कोरोना भाइरसको महामारीले अभूतपूर्व दृष्यहरु पनि देखिएका छन् । शक्तिसम्पन्न राष्ट्रहरुमा जब पैंसाले पनि मानिसलाई जोगाउन सकेन, त्यसपछि पैंसा समेत सडकमा बनजंगलका स्याउलाजस्तै सडकभरी फालेका दृष्यहरु देखियो । महामारीले राजा, धनी र ठूूलो कोही पनि चिन्दोरहेनछ भन्ने सिकाई भएको छ । त्यसैगरी रोग फैलिने डरले मान्छेले मान्छेलाई नै घृणा गर्ने अवस्था बन्दोरहेछ । करोडौं सम्पत्तिका मालिक भए पनि रोग लागिसकेपछि आफ्नै परिवारले समेत छुुन र हेर्न मन नगर्ने अवस्था पनि आउदोरहेछ ।

 

तर नेपाल जस्ता गरिब मुलुकमा भने सत्ता र सम्पत्तिका लागि केही फरक दृष्यहरु पनि देखियो । एकातिर अहिले सरकारले जनताका लागि काम गर्न सकेन भनेर सरकार फेरबदल गर्ने कसरत पनि भए । राजाले पनि यतिवेलाको समय जनताले सम्झिन सकून भनेर ठूलो रकम दान गरे भने बेला बेलामा नागरिकहरुको बारेमा अरुबेला भन्दा चासो गरेको देखियो । हुनत अप्रत्यक्ष रुपमा लोकप्रियता कमाउन पनि हुन सक्छ, यात राजा साँच्चिनै जनताप्रति उत्तरदायी हुन्छ भन्ने उदाहरण पनि हुन सक्छ ।

हाम्रो जस्तो गरिब देशमा अन्यत्रभन्दा फरक दृष्यहरु देखिए, अर्वपति भनेकाहरु खुलियम कालोबजारी गर्दै हिडेको देखियो । त्यस्तै स्वास्थ्य सामग्रीहरु मगाउने क्रममा ठूलो कमिशन र भ्रष्टाचार गर्न खोजेको देखियो । तर जहाँ दिनमै ठूलो संख्यामा मानिसहरु मरिरहेका छन्, त्यहाँका दृष्यहरुले पैंसा नै ठूलो कुरा होइन भन्ने दृष्यहरु देखिएका छन् ।

त्यस्तै संसारभर महामारी फैलिएपछि जुुन देशको नागरिक हो, त्यहि देशमा जाने र लैजाने गरेका दृष्यहरु देखियो । अतः मान्छेलाई स्वदेश जत्तिको प्यारो कोहि हुुदैन भन्ने सिकाई पनि भएको छ ।यतिवेला नागरिक हुुनुको महत्व र जन्मभूूमिको महत्व पनि मानिसले बुुझ्ने मौका पाए । अरुबेला नेपाली हौं भन्न लाज मान्ने कतिपय प्रदेशीहरु जब उनीहरुलाई त्यहाँको सरकारले बेवास्ता गर्न थाल्यो, त्यसपछि मातृभूमि नै प्यारो भन्ने गरेका दृष्यहरु यत्रतत्र देखिए ।

 

लकडाउन समयमा विभिन्न प्रकारका दृष्यहरु देखियो । नेपालकै दृष्यहरु हेर्दा पनि मानिसहरु लामो समयसम्म घरभित्रै बस्नुुपर्ने अवस्था छ । कहिल्यै पनि सुनसान नहुने आर्यघाट, पशुुपतिक्षेत्र, राजधानी काठमाडौंका विभिन्न दरवारहरु यतिवेला सुुनसान छन् । देशभरका सवै शहरहरु सुुनसान अवस्थामा छन् । भक्तपुुरको दरबारक्षेत्र, पाटनदरबार क्षेत्र र काठमाडौंको बशन्तपुुर दरवारक्षेत्र लगायत कहिल्यै पनि सुुनसान नहुने क्षेत्र पनि यतिवेला सुुनसान छन् ।

 

त्यस्तै विश्वभर नै सवारी साधनको प्रयोगमा कमी आउदा इन्धन खपतमा कमी, कोलाहल र प्रदुुषणयुुक्त शहरहरु अभूूतपूर्व रुपमा स्वच्छ र सुुन्दर पनि यसै समयमा देखिएका छन् । मान्छे कति स्वार्थी हुदोरहेछ भन्ने कुुरा पनि यतिवेलै थाहा भएको छ । एक दिन कसैले बन्दको आह्वान गर्यो भने अरबौं रुपँया घाटा हुने विश्लेषण गर्नेहरु महिनौंसम्म बन्द हुदा पनि चुुपचाप सहेर बस्न सक्दोरहेछ ।

 

बाँच्ने इच्छा दरिलो भयो भने सवै कुुुराहरु सहन मानिस तयार हुदारहेछन् । आज त्यो दृष्य छर्लंग सवैसामु देखिएको छ । मानिस काठमाठौंबाट हिडेर हप्तौं लाग्ने दुुर्गम जिल्लासम्मै पनि पैदल हिड्न तयार हुुदारहेछन् । उर्लदो महाकालीमा पौडेर पनि भारतबाट नेपाल आएका दृष्यहरु देखिए । दिनरात नभनी कुुम्लो कुुटुुरो र केटाकेटी बोकेर मानिसहरु भारतबाट नेपाल छिर्न थालेका दृष्यहरु पनि देखिए ।

 

तर एउटा अकाट्य कुुरा के देखियो भने आश्था बलियो भयो भने मानिसहरुमा संस्कार बदलिदोरहेनछ भन्ने पनि पुुष्टि भएको छ, मानिसहरु घरमा गर्ने पुजापाठ र देवीदेवताको आराधना गर्न छोडेका छैनन् । अरु समयभन्दा अँझ बढि आस्तिक बनेका छन् । बाटो हिड्ने बटुवा पनि भगवानको नाम जप्न बाद्य छन् । जनयुुद्धताका पनि मानिसहरु धर्मकर्म गर्न छोडेका थिएनन् भने कोरोनाको महामारीले पनि बन्द गराउन सकेको छैन । अतः कतिपय आश्था र विश्वास कहिल्यै पनि नाशवान नहुने रहेछ भन्ने आज जो कसैले पनि मनन् गर्न सक्दछ ।

 

भगवान आएर प्रत्यक्ष रुपमा मानिसको स्याहार सुुसार र सुुरक्षा गर्ने होइन, प्रत्यक्ष रुपमा कुुनै काम गरेको देखिदैन र पनि मान्छेहरुमा भगवानप्रतिको आश्थाले आत्मबल र आत्मविश्वास बढाईरहेको देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

<