बनगाड कुपिण्डे नगरपालिकाद्वारा राहत वितरण

इन्द्र बुढाथोकी
सल्यान, ६ बैशाख ।

बनगाड कुपिण्डे नगरपालिकाले पनि आज देखि राहत वितरण गर्न शुरु गरेको छ । कोरोना भाइरसको कारण देश लकडाउनका कारण दैनिक जीवनयापन गर्न कठिनाइ भोग्दै आएका परिवारहरूको विवरण सङ्कलन गरी राहत वितरण गर्न सुरु गरिएको हो ।

असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक तथा असाहयहरुलाई उपलब्ध गराइने राहत सम्बन्धी मापदण्ड २०७६ अनुसार वितरण भईरहेको नगरपालिकाले जनाएको छ । वडा स्तरबाट सङ्कलन भएको तथ्याङ्कमा पूर्ण छलफल गरी एक घरधुरीलाई दुई हजार बराबरको सामाग्री प्रदान गरिएको बनगाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख गोविन्द कुमार पुनले जानकारी दिनुभयो ।
नगरपालिकाले वडा न १ देखि सुरु गरेको राहत वितरण कार्यक्रम सबै वडाको टोलटोलमा गएर वितरण गरिने नगर प्रमुख पुनको भनाई छ । शनिबार बनगाड कुपिण्डे नगरपालिका वडा न १ का ७३ घरधुरीलाई २५ किलो चामल, ४ किलो दाल, २ लिटर तेल, २ वटा साबुन , र २ पोका नुन राहत वितरण गरिएको छ ।
दिनभर काम गरेर साँझ बिहानको छाक जुटाउनेको समस्या भएका, रोजगारी, पेशा, व्यवसाय, खेतवारी वैदेशिक रोजगारीमा नभएकाहरुलाई राहत वितरण गरिएको छ । त्यसैगरी बिपन्न परिबारका एकल महिला, अपाङ्ग, दीर्घरोगी, जेष्ठ नागरिकहरुलाई समेत गरेर नगरपालिका भत्र जम्मा ७ सय ५३ जनालाइ राहत सहयोग उपलब्ध गराइने नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले जानकारी दिनुभयो ।
राहत वितरण कार्यक्रममा नगर प्रमुख गोविन्द कुमार पुन, उप प्रमुख मन्जु यरि, १ न वडा अध्यक्ष शान्त कुमार यरी नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश सदस्य गणेश विसी लगाएतको उपस्थिति रहेको थियो ।

बन्गाड कुुपिन्डे नगरपालिकाको अनुुरोध

प्रतिक्रिया दिनुहोस

<