सल्यानमा धार्मिक जागरण तथा जनगणना २०७८ सम्बन्धी सचेतनामूूलक कार्यक्रम गरिदै

 

सल्यान, ६ चैत ।

सल्यानमा यहि चैत्र ७ गते विश्वहिन्दुु महासंघ, नेपाल राष्ट्रिय समिति, जिल्ला शाखा सल्यानको आयोजनामा धार्मिक जागरण तथा जनगणना २०७८ सम्बन्धी सचेतना कार्यक्रमको आयोजना गरिएको छ ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्न विश्व हिन्दुु महासंघ, नेपाल राष्ट्रिय समतिका केन्द्रिय पदाधिकारीहरु सल्यानमा आईसक्नुुभएको छ । पदाधिकारीहरुमा अध्यक्ष डा.रामचन्द्र अधिकारी र वरिष्ठ उपाध्यक्ष शंकर खराल लगायतका व्यक्तित्वहरु हुुनुुहुुन्छ ।

केहि साता अघिदेखि नै देशका विभिन्न प्रदेश र जिल्लाहरुमा धार्मिक जागरणका कार्यक्रमहरु राख्दै आएको महासंघको पदाधिकारी टिम पश्चिम कैलाली, सुुर्खेत हुुदै सल्यानमा प्रवेश गरेको हो । देशव्यापी धर्म जागरण कार्यक्रम अन्तर्गत नै उक्त टोली सल्यान आउन लागेको हो । विभिन्न जिल्लाहरुमा धर्मसभाको आयोजना गर्न थालिएको छ ।

देश र पुुर्खाको पहिचान जोगाउदै राष्ट्रिय भावना मजबुत बनाउन हाम्रा धर्म र संस्कृतिले पनि महत्वपूूर्ण भूूमिका खेल्दै आएको कुरा धार्मिक जागरण सभाहरुमा राखिदै आएको छ ।

त्यस्तै २०७८ को जनगणना सम्बन्धी भएका कुराहरुबारेमा कसरी जानकारी दिने भन्ने विषयमा  पनि छलफल हुने छ । धर्म, संस्कृति, भाषा लगायतका विषयमा राष्ट्रिय एकता मजबुुत पार्ने किसिमले तत्थ्यांकहरु लिुुनुुपर्नेमा समुदायलाई चिराचिरामा विभाजन गर्ने किसिमले तथ्यांक संकलन गर्ने तयारी भएको भन्दै यसबारेमा पनि सचेतनामूलक छलफल गरिने बताईएको छ ।

पछिल्लो समय देशलाई भावनात्मक रुपमा एकताबद्ध गराउन प्रयत्न नभएको भन्दै धार्मिक जागरण अभियानले त्यसमा सहयोग गर्ने उहाँले बताउनुुभयो । देशभर ऐतिहासिक महत्वका मठमन्दिरहरु रहेको र तिनको संरक्षण गर्नुुपर्ने बताउदै विद्यालयमा नैतिक शिक्षा, संस्कृत शिक्षा र व्यबहारिक शिक्षामा पनि जोड दिनुुपर्र्ने उहाँको भनाई छ ।

हाम्रो धर्मको प्रचारप्रसार कम भएको अवस्थामा खराब कुुराहरु देखाउदै धर्म परिवर्तन गर्ने गराउने कार्य भईरहेको भन्दै असल कुराहरुको प्रचारप्रसार गर्न सक्नुुपर्ने र त्यो अभियानमा आफूहरु रहेको अध्यक्ष डा.रामचन्द्र अधिकारीले बताउनुुभएको छ ।

संसारकै एक मात्र हिन्दुुराष्ट नेपाल भनेर चिनिदै आएकोमा धर्म निरपेक्ष राज्य घोषणा गरिनुु कुुनै पनि नेपालीको हितमा नभएको भन्दै देशलाई हिन्दुुराष्ट बनाउने पक्षमा नागरिकस्तरबाट समेत देशव्यापी आवाज उठ्दै गएको र त्यसमा महासंघले साथ दिने बताउनुुभयो । सल्यानमा पनि २०६२ देखि विश्वहिन्दुु महासंघका  विभिन्न गतिविधिहरु सञ्चालन हुदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

<