सल्यानको लेखटाकुरामा कक्षा ५ का विद्यार्थीहरुको विदाई कार्यक्रम सम्पन्न

 

 

    सल्यान, ५ चैत ।
श्री सृजनशिल प्राथमिक विद्यालय शा.न.पा. १३ लेखटाकुरा सल्यानले विभिन्न कार्यक्रमका बीच मंगलबार अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण तथा कक्षा ५ का विद्यार्थीहरुको विदाई कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रको सभापतित्व विव्यस अध्यक्ष श्री गुमान बहादुर रोकाहाले गर्नु भएको थियो भने, कार्यक्रमका विशिष्ट अतिथि लेखपोखरा साना किसान कृषि सहकारी सस्था लिमिटेडका कार्यालय प्रमुख श्री धन बहादुर परियारको आथित्यतामा भएको थियो ।

श्री मिना गिरीको स्वागत मनतव्यमा भएको कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले फुलमाला टिका लगाएर विदाई गरेका थिए ।

कार्यक्रममा बोलदै विशिष्ट अतिथि धन ब. परियारले विद्यालयको लागि आफुले गर्न सक्ने पहलकदमि चाल्ने र विद्यालयको लागि अन्य किसिमको सरसहयोग गर्न आफु न हिचकिचाउने बताउनु भएको थियो ।

त्यसैगरि कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष इन्द्रा कुमारी बुढामगर, शा.न.पा. वडा नं–१३ का वडा सदस्य तथा कार्यपालिका सदस्य हिमा घर्तिमगर, विब्यस सदस्य गणेश विकलगाएतले बोल्नु भएको थियो ।

कार्यक्रममा यस शैक्षिक शत्र भरिका शुक्रबारिय कार्यक्रमका पुरस्कार वितरण गरिएको थियो, भने विद्यार्थीहरुले विभिन्न किसिमका नृत्यहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रमको व्यवस्थापन शिक्षकहरु राजेन्द्र रावत, कमला बुढाथोकि, कमला बस्नेत, मेनुका कवरमगरलगाएतले गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण प्रअ.झक्कु प्रशाद वलीले गर्नु भएको थियो भने, कार्यक्रमको सञ्चालन शिक्षक भुपेन्द बाट गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

<