होलि पर्वको अवसरमा कपुरकोट बजार सरसफाइ

 

सल्यान, ५ चैत  ।
होलि पर्वको अवसर पारि सल्यानको कपुरकोट बजार सरसफाइ गरिएको छ ।

बजार ब्यवस्थापन तथा सरसफाइ समितीको अगुवाइमा वित्तिय संस्था, प्रहरी, ब्यापारि, ब्यवशायी, युवाहरु लगाएतले मंगलबार कर्णाली प्रदेशको प्रवेशद्धारको रुपमा रहेको कपुरकोट बजार सरसफाइ गरेका हुन् ।

कपुरकोटमा नियमित रुपमा टयाक्टरमा फोहोर उठाएर डम्पीङ साइडमा फाल्ने गरिएपनि होलि पर्वको अवसरमा सबै एकजुट भएर सडक, नालाको सरसफाइ गरिएको बजार ब्यवस्थापन समितीका अध्यक्ष रुपक बुढाले जानकारी दिएका छन् ।

सरसफाइ कार्यक्रममा सहभागीहरुले जो कोहिले पनि आफ्नो घर, पसल अगाडी सफा राख्नुपर्ने र घर नजिकको सडक समेत सफा राख्नुपर्नेमा जोड दिएका थिए ।

कर्णालीको प्रवेशद्धारको रुपमा रहेको कपुरकोट बजारलाइ सफा, शुन्दर राख्न सकिएन भने कपुरकोट बासिको सभ्यता नदेखिने भएकाले सरसफाइको महत्व सबैले बुझ्न आवश्यक रहेको सहभागीहरुको जोड थियो ।

प्रतिक्रिया दिनुहोस

<