महोत्सवले ततायो श्रीनगर बजार, भोलि राजु परियार लगाएत अन्य धेरै कलाकारहरु आउदै

सल्यान, ७ फाल्गुुन ।
कृषि, पशु, वन, उद्योग, ब्यापार, पर्यटन बिकासको परिकल्पना, ब्यबसायीकरणद्धारा आर्थिक उन्नती गरी समृद्ध समाजको स्थापना भन्ने मुल नाराका साथ माघ २९ गतेदेखी श्रीनगरमा उद्योग बाणिज्य संघको आयोजनामा संचालित प्रादेशिक कृषि, पर्यटन, उद्योग, ब्यापार तथा सांस्कृतिक महोत्सब २०७६ ले श्रीनगर बजार तताएको छ ।

पहिलो र दोस्रो दिनमा अपेक्षित रुपमा त्यति जनमास नभएको भएता पनि तेस्रो दिनदेखि भने राम्रो सहभागिता रहेको छ । स्थानीय तथा राष्ट्रिय कलाकारहरुले महोत्सवमा सहभागीहरुलाई भरपूूर मनोरञ्जन गराएका छन् । दिनहुु कुुनै न कुुनै ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुुति प्रत्यक्ष हेर्न र सुुन्न पाउँदा मेलाको रौनकता बढेको छ ।

सल्यानबाट राजधानी लगायतका शहरमा छिरेका कलाकारहरुले राष्ट्रिय कलाकारको पहिचान बनाएका छन् । भागिरथ चलाउनेदेखि लिएर हाँस्य कलाकार कुुलबहादुुर वलीले पनि आफ्नो कला प्रस्तुुत गरिसकेका छन् । त्यस्तै सारा नेपालीको जनजिब्रोमा पसेका कुलेन्द्र विश्वकर्मदेखि फिल्मका हिरो निखिल उप्रेती सम्मले सल्यानमा आफ््नो प्रतिभा देखाएका छन् ।

त्यस्तै लोकदोहोरी प्रतिष्ठान सल्यानका र प्रदेश स्तरसम्मका कलाकारहरुले दिनहुु साथ दिएका छन् । यम थापा, गिता खड्का, प्रेम बि.क लगायतले शुुरुदेखि नै कला प्रस्तुुत गरेका छन् ।

त्यस्तै काँशीराज अधिकारी, सरिता बुुढाथोकी र शान्ता वस्नेत लगायतका कलाकारहरुलाई धेरैले चिन्ने र देख्ने अवसर पाएका छन् । अहिले राष्ट्रिय अन्तराष्ट्रिय चर्चामा रहेकी बाल प्रतिभा कमला घिमिरेले पनि सल्यानमा राम्रो प्रस्तुुती राखेकी छन् ।

मेलामा पिङ, बाल उद्यान, लगायतका अन्य विविध पक्षले पनि मनोरञ्जन गराएका छन् । सल्यानको पहिचानको रुपमा रहेका फलफुल, मशला, टिमुुर, सुुठो, तरकारीका बीउबीजनको पनि व्यापार तथा प्रचारप्रसार भईरहेको छ । महोत्सवमा विद्यालयका भाइबहिनीहरुले पनि प्रतिभा देखाउने अवसर पाएका छन् ।

बुुधवारका आकर्षकहरुमा कमला घिमिरे, कुुल बहादुुर वली लगायत रहेका थिए । महोत्वसमा सहभागिहरुको संख्या १५ हजार रहेको आयोजकले बताएको छ । भने विहीबारका लागि, राजुु परियार, कमल गाउँले, धुु्रव धिताल, शान्ता बस्नेत लगायत अन्य धेरै कलाकारहरुको प्रस्तुुती रहने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

<