सल्यानमा निर्वाचन दिवसका अवसरमा वक्तृत्वकला

सल्यान, ७ फाल्गुन ।
सल्यानको खलंगामा चौथो निर्वाचन दिवस २०७६ को अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । निर्वाचन कार्यालय सल्यानको आयोजनामा मंगलबार त्रिभुवन जन मा.वि.लुहापिङ खलंगामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

“निर्वाचन र लोकतन्त्र“ बिषयमा भएको बक्तृत्वकला प्रतियोगिताको अध्यक्षता जिल्ला निर्वाचन अधिकारी हरि बहादुर बुढाथोकीले गरेका थिए । उनले निर्वाचन दिवस २०७६ तथा मतदाता नामावली सप्ताहका साथै वक्तृत्वकला प्रतियोगताका बारे प्रकाश पार्दै लोकतन्त्रका लागि निर्वाचनको योगदानको चर्चा गरेका थिए । प्रतियोगितामा ७ जना सहभागीहरुले भाग लिएका थिए ।

प्रतियोगितामा कक्षा ९ मा अध्यनरत विकास पुन प्रथम, कक्षा ११ का मोहन बिक द्वितिय तथा कक्षा ११ मा अध्यनरत बबिता गिरी तृतिय भएकी छन् ।

बिजेताहरु प्रथमलाई रु.२ हजार पाँच सय, दितियलाई रु.२ हजार र तृतियलाई रु.१ हजार ५ सय पुरुस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रधानाध्यापक माधव विक्रम जिसी, सामिजक विषय शिक्षक टोप बहादुर गिरीले पनि मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन जिल्ला निर्वाचन कार्यालयका कम्प्यूटर अपरेटर तेजेन्द्र कुमार चन्दले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

<