सल्यान महोत्सवमा आज चर्चित बाल गायीका कमला घिमिरे आउँदै

सल्यान, ७ फाल्गुन ।
सल्यान उद्योग वाणिज्य संघले आयोजना गरेको प्रादेशीक महोत्सवको मुख्य आकर्षकको रुपमा आज ७ गते कमला घिमिरे आउने भएकी छिन । महोत्सवको आठौं दिन अर्थात फागुन ७ गते आज चर्चित बाल गायिका कमला घिमिरेको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

कमला संगै गायक विक्रम राना, मोडेल रुविना अधिकारी, गायक यज्ञ विक खस भाषाका हास्यकलाकार कुलबहादुर वली गायिका लक्ष्मी राई र जुनु विरही आउने भएका छन ।

सल्यानको श्रीनगरमा माघ २९ गतेदेखि सुरु भएको महोत्सवमा दिनदिनै बेजोड सांस्कृतिक कार्यक्रम भैरहेको छ । महोत्सव फागुन ११ गतेसम्म संचालन हुने उद्योग वाणिज्य संघ सल्यानका अध्यक्ष वीर बहादुर चलाउनेले जानकारी दिएकाछन ।

महोत्सवको सातौं दिन मंगलवार चर्चित गायक कृष्ण रेउले, गायीका शान्ती श्री परियार, सरु बोहरा, हिरा अन्जलि मगर लगाएतको प्रस्तुती रहेको थियो । दैनिक एक हजार बढी दर्शकले महोत्सव अवलोकन गर्ने गरेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

<