कृषि मन्त्रालय र राष्ट्रिय वाणिज्य बैंकबीच समझदारी पत्रमा हस्ताक्षर

सुर्खेत, ३ पुस ।
व्यावसायिक कृषि तथा पशुपन्छी पालन व्यवसायको लागि ब्याज अनुदान कार्यक्रम कार्यविधि २०७६ कार्यान्वयनका लागि शुक्रबार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र राष्ट्रिय वाणिज्य बैंकबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । किसानको आवश्यकता र मागका आधारमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले जानकारी दिए । उनका अनुसार यो सम्झौता तत्काल कार्यान्वयनमा जानेछ ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत केशरकुमार श्रेष्ठ र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव मिश्रले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

<