सम्पादकीय : बन्दाबन्दीले फस्टाउदै स्वदेशी उद्योग

विश्वव्यापीरुपमा देखा परेको कोरोना महामारीले नेपालमा पनि लामो समय बन्दाबन्दीको अवस्था रह्यो । गत चैत्र महिनादेखि प्रभावित भएको बजार झन्डै नौ महिना वितिसक्दा पनि सहज हुन सकेको छैन । अहिले आन्तरिक रुपमा सहज भएपनि बाह्य देशसंगको व्यापार व्यबशाय सहज बनेको छैन । अहिले पनि चीन र भारतसीतका सीमाक्षेत्रमा कडाई नै छ । आयात निर्यात सहज बनेको छैन ।

तर पछिल्लो समय केही सकारात्मक कुुराहरु पनि देखिदैनन् । स्वदेशी कपडा उद्योगहरुको कारोबार ह्वात्तै बढेका खवर आईरहेका छन् । विदेशबाट हुने आयातमा कमी भएपछि स्वतः स्वदेशी बस्तुुले प्राथमिकता पाउने कुुरा जगजाहेर नै छ । यसैगरी राज्यको नीतिमा नै स्वदेशमा उत्पादन हुने वस्तुुहरु आयातमा कडाई गर्ने हो भने नेपालका धेरै उद्योगहरु आत्मनिर्भर बन्न सक्दछन् । कपडा मात्रै होइन, करीब ८० प्रतिशत बस्तुुहरु नेपालमै उत्पादन हुन सक्दछन् ।

नेपालमा मूूख्य गरी उत्पादन हुन कठिन भनेको खनिज र पेटूोलियम पदार्थ नै हो । खाद्यान्न, तरकारी, दुुग्ध तथा मासुुजन्यपदार्थहरु नेपालमै उत्पादन गर्न सकिन्छ । यसर्थ नेपालको आयात निर्यात सम्बन्धिको नीति नै परिवर्तन गर्न जरुरी छ । यदि स्वदेशी उद्योगधन्दालाई प्रोत्साहन गर्ने हो भने सकेसम्म स्वदेशकै उत्पादन प्रयोग गर्नुपर्छ ।

नेपाल जस्ता गरिब देशमा बाह्य वस्तुको उपयोगमा कमि ल्याउनैपर्दछ । आम नागरिक मितव्ययी बन्न जरुरी छ । सम्पन्न वर्गले पनि यो कुुरा बुुझ्न जरुरी छ कि भड्किलो जीवनशैलीले अन्य सर्वसाधारण नागरिकलाई नराम्रो असर पुुर्याउछ । सम्पन्न वर्गसित पैंसा छ भन्दैमा सर्वसाधारण नागरिकलाई अनावश्यक खर्चमा हौस्याउनुुहुुदैन । बरु सम्पन्न वर्गले अरु नागरिकहरुलाई रोजगारी दिने गरी उद्योगधन्दामा लगानि गरिदिन जरुरी छ ।

बाह्य देशबाट बस्तुु आयातमा कडाई गरियो भने नेपालका जडिबुुुटि, काष्ठजन्य पदार्थ, दलहन, तेलहन जस्ता सवै बस्तुुहरुको उत्पादन र खपत बढ्ने छ । यसले गर्दा बाह्य देशमा जाने रकम नेपालमै खर्च हुुन्छ र आम नागरिकहरुलाई आत्मनिर्भरतिर अगाडि बढाउदछ । यसर्थ देशभित्रको बन्दाबन्दी खुुकुुलो बन्ने र सीमानाकाको बन्दाबन्दी कडा हुुनुु नेपालको हितमा नै छ ।

तर इन्धन र खनिज पदार्थका लागि भने अँझै पनि हामी परनिर्भर बन्नुुपर्ने अवस्था नै छ । विद्युुत उत्पादन र खनिज वस्तुुको उत्खनन् कार्यलाई अगाडि बढाउने हो भने विस्तारै नेपाल पनि आत्मनिर्भर बन्दै जाने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस

<