सल्यानमा एन.आई.सी बैंक लिमिटेड को शाखा उद्घाटन

कुमाख समाचार
सल्यान १ असोज
सल्यानमा एन.आई.सी बैंक लिमिटेड को शाखा उद्घाटन गरीएको छ । गएको असार २७ गते बाट शाखा बिस्तार गरेको बैंकले मंगलबार एक कार्यक्रम गरी शाखाको औपचारीक उद्घाटन गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अथिति शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले बैकले जनतालाई सुरुक्षित ,प्रभावकारी र सहज सेवा दिनु पर्ने बताएका छन् । उनले ग्रमिन भेगका जनता बैकिङ कारोबारो बाट बञ्चित भएको र पछिल्लो समय बैकका शाखाहरु स्थानिय तहमा खुले संग जनता बैकिङ्क कारोबारोमा अकर्षित भएको बताएका छन् । कार्यक्रममा एन.आई.सी बैंक लिमिटेडका कर्णाली प्रदेश प्रमुख चेतराज भण्डारीले बैकले जनतालाई सुरुक्षित ,प्रभावकारी र सहज सेवा दिन सधै लागि परेका बताए । बिराटनगरमा केन्द्रिय कार्यालय रहेको बैंकले हाल २९८ वटा शाखाबाट सेवा दिईरहेको छ । कर्णाली प्रदेशका सबै जिल्लामा यसका शाखाहरु रहेका छन् । बैंकले हाल सुपत चमत्कारी बचत खाता सेवा पनि दिएको छ । यसमा परिवारका एक सदश्यले खाता खोले परिवारका सबै सदश्यको १ करोड ३० लाख सम्मको जिवन बिमा सेवा दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

<