चुलियो कोरोना संकट : अहिलेसम्मकै धेरै मंगलबारमात्र एक हजार १६ जना संक्रमित भेटिए

काठमाडौं, २ भदौँ ।
नेपालमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित भेटिएका छन् । गत माघमा चीनबाट फर्किएका पहिलो संक्रमित भेटिए यताकै सबैभन्दा धेरै एकै दिन एक हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार मंगलबार देशभर एक हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संख्या नेपालमा एकै दिन भेटिएको अहिलेसम्मकै सर्वाधिक हो ।

काठमाडौं उपत्यकामा पनि अहिलेसम्मकै धेरै संक्रमित भेटिएका छन् । काठमाडौं उपत्यकामा मंगलबार २०५ नयाँ संक्रमित थपिएका छन् ।

जसअनुसार काठमाडौं जिल्लामा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना संक्रमित भेटिएका छन्। प्रवक्ता गौतमका अुनसार मंगलबार देशभर ७ जनाले ज्यान गुमाएका छन् ।

लकडाउन खुलेसँगै मानिसको बढी चाप रहेका सहरी क्षेत्रमा कोरोना संक्रमण तीव्र गतिमा फैलिँदैछ।

काठमाडौं, वीरगन्ज र विराटनगर जस्त सहरमा कोरोना समुदायसम्म पुगिसकेको छ । पछिल्लो पटक कोरोनाको हटस्पट काठमाडौं उपत्यका बनेको छ ।

यसबाहेक प्रदेश २ का का पर्सा, धनुषा, रौतहटसहितका जिल्लामा पनि कोरोना संक्रमण बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस

<