छानविन समितिले झारा टार्ने काम गर्नुुहुुदैन

जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन कन्सन्ट्रेटरको यतिवेला निकै चर्चा चलेको छ । विशेष गरी महामारीको समयमा अस्पतालमा अक्सिजनको आवश्यकतालाई परिपूूर्ति गर्न सहज होस् भन्ने उदेश्यले सरकारले विभिन्न जिल्लाहरुका लागि बजेट विनियोजन गरेको थियो । सोहि बमोजिम सल्यानमा पनि उक्त काम अगाडि बढेको हो ।

बजेट स्वीकृति भएपछि सर्वप्रथम अक्सिजन प्लान्ट खरिद गर्ने गरी २०७७ पौष १३ गते स्वास्थ्य सेवा कार्यालय सल्यानले एक साताको अवधि राखेर टेन्डर आह्वान गर्यो । सोहि बमोजिम ३ वटाको निवेदन पर्यो । तीनवटामध्ये ड्रयागन मेडिटेक, सुुर्खेत लाई आपूूर्तिकर्ता छनौट गरी प्रक्रियागत रुपमै करिब तीन साता अघि (बैशाख महिनामा) एउटा मेशिन सल्यानमा ल्याइयो । उक्त मेशिन सल्यान आईसकेपछि पनि प्राविधिकको अभावमा करीब २ साता त्यसै थन्कियो । दुुइ साता पछि प्राविधिकको सहयोगमा जडान गरियो । जडानपश्चात नगर प्रमुख र प्रमुुख जिल्ला अधिकारीबाट अक्सिजन प्लान्ट भनेर उद्घाटन गराईयो ।

जम्मा ५१ लाखको लागतमा प्रदेशमै पहिलोपल्ट यस प्रकारको मेशिन जडान भएको भनेर जिल्लाका विभिन्न सञ्चारमाध्यमले समाचार बनाए । कसैले अक्सिजन प्लान्ट जडान भनेर लेखे, कसैले अक्सिजन कन्सन्ट्रेटर जडान भनेर लेखे । तर उद्घाटन भैसकेपछि त्यति धेरै मूूल्य परेको भनिएको मेशिन धेरैले शंका गर्न थाले ।

अक्सिजन कन्सन्टे«टर भएको कुरा मेशिनमै लेखेको स्टीकरबाट पनि धेरैलाई थाहा भयो । दुवैको काम केही मिल्दो जुुल्दो देखिए पनि अक्सिजन प्लान्ट र अक्सिजन कन्सन्ट्रेटर फरक भएको र उक्त मेशिनलाई समाचारमा आए बमोजिमको मूूल्य नपर्ने भन्दै एक कान दुुइकान हुदै यो कुरा सामाजिक सञ्जालमा व्यापक रुपमा फैलियो । उता तत्काल जिल्ला प्रशासनमा उजुुरी पर्यो ।

जिल्ला प्रशासनले स्वास्थ्य सेवाका कर्मचारीलाई बोलाएर सोधपुुछ गर्यो । कार्यालय प्रमुुखले मेशिनको नाम फरक परेपनि जडान गरिएको मेशिन उस्तै प्रकृतिको भएको बताए । उनले आफूलाई प्राविधिक कुराहरु सवै थाहा नभएको भन्ने प्रकारले पनि प्रस्तुुत भए । उनले मेशिनलाई करीब ४० लाख लागत लागेको जानकारी दिए । यसरी कर्मचारीबाट समेत स्पष्ट जवाफ नआएपछि प्रशासनले छानविन समिति बनाएको छ ।

छानविन समितिमा पत्रकार र नागरिक समाजबाट प्रतिनिधित्व नभएको अवस्थामा छानविन प्रभावकारी नहुने भन्दै अहिले विभिन्न क्षेत्रबाट टिकाटिप्पनी भईरहेको छ । जब अक्सिजन प्लान्ट भनेर अक्सिजन कन्सन्ट्रेर जडान भएको पत्ता लाग्यो, त्यसपछि जिल्लाका सवै सञ्चारमाध्यमले यसलाई प्राथमिकताका साथ समाचार बनाईरहेका छन् । यो विषय अहिले देशव्यापी बनेको छ ।

जिल्ला हुुँदै प्रदेश र राष्ट्रिय स्तरमा यो चर्चाको विषय बनेको छ । जडान गरिएको अक्सिजन कन्सन्टे«टरको मुुल्य २ देखि अधिक्तम पाँच लाख मात्रै पर्न सक्ने भनेर विभिन्न क्षेत्रबाट टिकाटिप्पनी भैरहेको छ । यो समाचार अहिले युुट्युुवहरुमा पनि भाइरल बनेको छ । देशविदेशमा रहेका सल्यानीहरुले अहिले आ–आफ्नो तर्क दिईरहेका छन् । कतिपयले संसद्हरुको समेत मिलेमतो भएको भनेर सामाजिक सञ्जालमा टिका टिप्पनी गरिरहेका छन् । तर सल्यानबाट प्रतिनिधित्व गर्ने प्रदेश तथा संघीय संसद्हरुले आफ्नो कुुनै पनि संलग्नता नभएको र दोषिलाई हदैसम्मको कारबाही गर्नुुपर्ने कुरा विज्ञप्ती समेत निकालेर बताईरहेका छन् ।

राजनैतिक दल, पत्रकार महासंघ देखि सामाजिक अभियन्ताहरुले समेत दोषिलाई कडाभन्दा कडा कारबाही गर्नुुपर्ने माग गरिरहेका छन् । अहिले खरिद प्रक्रियामा कमिकमजोरी गरेको भनेर अस्पताल प्रशासनतिरै सवैको नजर गएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्षले समेत आफूूलाई खरिद प्रक्रियादेखि जडान प्रक्रियासम्मै जानकारी नभएको भन्दै दोषिलाई कारबाही गर्न सक्दो प्रयाश गर्ने बताएका छन् । यसरी अन्तिममा आएर कर्मचारी र आपूर्तिकर्तातिर नै सवैको नजर सोझिएको छ । सामाजिक सञ्जालमा अहिले अस्पताल प्रशासनले यसअघिका कामहरु समेत पारदर्शी नगरेको भन्दै गुनासो व्यक्त गरेको पनि यत्रतत्र देख्न सकिन्छ ।

जे भएता पनि अस्पताल जस्तो पवित्र ठाउँमा र अँझ यो महामारीले संकट निम्त्याईरहेको अवस्थामा एउटा प्रकारको मेशिन जडान गर्ने भनी बजेट उपलब्ध भएको अवस्थामा अर्कै र कमशल खालको मेशिन जडान गरेर नागरिकलाई ठग्ने प्रवृत्ति पक्कै पनि राम्रो होइन । जिल्ला अस्पतालमा आर्थिक संकट भईरहेको भनेर विभिन्न समयमा विभिन्न समाचारहरु आउने गरेका थिए । अँझ सरकारकै मात्र भर पर्नुुहुदैन भनेर विभिन्न दाताहरुको सहयोगमा अक्सिजन सिलिन्डर लगायत स्वास्थ्य सामग्रीहरु सहयोग भईरहेको छ ।

यस्तो अवस्थामा सरकारले दिएको बजेट समेत यसरी हिनामिना गर्ने प्रवृत्तिले स्वास्थ्य कार्यालयलाई हेर्ने सल्यानी जनताको दृष्टिकोण निकै नकारात्मक बनेको छ । आज सल्यानको चर्चा देशैभर भईरहेको छ । ठगी काण्ड वा भ्रष्टाचारीका गतिविधिमा सक्रिय बनेर सल्यानलाई बद्नाम गराउनेहरुलाई सम्पत्ति त मिल्ला, तर सुुख भने पक्कै मिल्ने छैन । जे भएता पनि स्पष्ट छानविन होस्, दोषिलाई कडाभन्दा कडा कारबाही होस्, सवैको यहि चाहना छ ।

छानविन समितिले सवै प्रकारबाट छानविन गरोस्, सवै कागजात खोतलेर छानविन गरोस्, संलग्न व्यक्तिहरुको कता कता सम्पर्क छ, त्यो समेत पत्ता लगाएर नागरिकलाई स्पष्ट जानकारी देओस् । बजेट फेरी फेरी पनि आउला, तर यस प्रकारका अपराधिहरु पत्ता लागेनान् भने बजेट जति बालुुवामा पानि हालेझैं हुने छ । त्यसैले खराब प्रवृत्तिको विरुद्धमा सवै लाग्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस