नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५७ पुग्यो

जेठ ५, २०७७ काठमाडाैं :
नेपालमा काेराेना संक्रमितकाे संख्या ३ सय ५७ पुगेकाे छ। बाँकेकाे नरैनापुर क्षेत्रको क्‍वारेन्टाइनमा बसेका ४७ जनामा साेमबार संक्रमण पाइएकाे छ। त्यहाँ रहेका २ सय ७३ जनाको स्वाब संकलन गरी भेरी अस्पतालमा परीक्षण गरिएकाे थियाे। संक्रमितमा ४६ पुरुष र एक महिला छन्।
बाँकी ८१ जनाको स्वाब परीक्षण हुने क्रममा रहेको अस्पताल स्रोतले बताएको छ। आइतबार क्‍वारेन्टाइनमै निधन भएका युवकको सम्पर्कमा आएका लगायतको स्वाब संकलन गरी परीक्षण गरिएको हो। यसअघि सोमबार बिहानै ९ जनामा संक्रमण देखिएको थियो। स्वास्थ्य मन्त्रालयले जनाएअनुसार विराटनगर र भैरहवालगायत क्षेत्रमा पनि साेमबारै कोरोना संक्रमण पुष्टि भएको हाे। याे सँगै कुल संक्रमितको संख्या ३ सय ५७ पुगेको मन्त्रालयले जनाएकाे छ। देशभर ३१ वटा जिल्लामा कोरोना संक्रमण फैलिसकेकाे छ।

प्रतिक्रिया दिनुहोस

<