केपी ओलीको पराजय कर्णालीबाट सुरू भइसक्यो : प्रचण्ड

चितवन, ५ बैशाख ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले केपी ओलीको पराजय कर्णाली प्रदेशबाट सुरू भइसकेको बताएका छन् । माडी नगरपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

कार्यक्रममा प्रचण्डले असंवैधानिक रूपमा संसद् विघटन गरेका केपी ओलीको हार कर्णालीबाट सुरू भइसकेको र अब त्यो हार सबैतिर पुग्ने पनि बताए । उनले भने, ’अब छिट्टै गण्डकी र लुम्बिनीमा पनि ओलीको हार हुन्छ।

मलाई लाग्छ–त्यसअघि संघमा नै ओलीको हार हुनसक्छ ।’ माओवादी केन्द्र नेतृत्वको कर्णाली प्रदेश सरकार ढल्दै लाग्दा एमालेका चार सांसदले ‘फ्लोर क्रस’ गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कुर्सी जोगाइदिएका थिए ।

‘गेमचेञ्जर’ बनेका एमालेका सांसद प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले पार्टीको ह्वीप उल्लंघन गर्दै चार मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका थिए।

ओलीले आफूलाई सडकमा पु¥याउने भनेर तार्गेट गरे पनि सफल हुन नसकेको पनि प्रचण्डले बताए। प्रचण्ड आज माडीका विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस