सल्यानका युवाद्धारा पैदल यात्रीलाई खाना र यातायातको व्यवस्था

 
वैशाख ६, सल्यान
कोभिड १९ को संक्रमण रोक्न मुलुकमा जारी तेस्रो चरणको लकडाउनका कारण गन्तव्य पुग्न पैदल यात्रा गर्दै सल्यान आएका मजदुरको उद्दार गरिएको छ ।कर्णाली प्रदेशका सल्यान, जाजरकोट र रुकुमका ९० मजदुरलाई सल्यानका युवाहरुले श्रीनगरमा निःशुल्क खानाको व्यवस्था गर्नुका साथै यातायातको व्यवस्था गरेका छन् ।

उनीहरुले नियमित मलदुरी गर्दै आएको ठाउँमा काम रोकिएको, दैनिक खर्च सकिएको र काम खुल्ने टुंगो नभएपनि सामुहिक रुपमा घर जान हिडेका उनीहरुलाई निःशुल्क खाना र यातायातको व्यवस्था गरिएको सल्यान उद्योग वाणिज्य संघ सल्यानले जनाएको छ । लमजुङ,धादिङ, नवलपरासीबाट हिडेका उनीहरुलाई सुरक्षित ढंगले गन्तव्यसम्म पु¥याउन स्थानीय पालिकासँग समन्वय गरी पठाइएको सल्यान उद्योग वाणिज्य संघका उपाध्यक्ष दिपक बोहराले बताए ।

लामो समयदेखि पैदल हिडेको, कयौं दिनसम्म खाना समेत खान नपाएको र बेखर्ची जस्तै बनेर हिडेको देखेपछी खाना र यातायातको व्यवस्था मिलाइएको बोहराले बताए ।
श्रीनगरमा गरिएको परोपकारले घरैको जस्तो याद दिलाएको र थकाईसमेत मेटिएको श्रमिकहरुको भनाई छ ।  लमजुङ, काठमाण्डौ, पोखरा, रसुवा लगायतका विभिन्न ठाउँबाट ज्यालामजदुरी गर्दै आएका मजदुरहरु कोरोना भाइरसको महामारीसँगै भएका लकडाउनका कारण आफ्नो गाउँतिर फर्केका छन् ।

सरकारले चैत ११ गतेदेखि लकडाउन गरेपछि सुरुका केही दिन सुनसान बनेका राजमार्गमा अहिले पोकोपुन्तुरो बोकेर गन्तव्यतर्फ लाग्नेहरु बढ्दै गएका छन् ।  लकडाउनले गर्दा खासगरी देशका विभिन्न शहरुमा रहेर दैनिक ज्याला मजदुरी गरी खाने घरपरिवारको काम नहुँदा बिहान बेलुकाको छाक टार्न समस्या भएपछि मजदुर दिन प्रतिदिन शहर छाडेर पैदल यात्रा गर्दै आफ्नो घरतिर लागि रहेका छन् ।

यस कार्यमा सल्यान उद्योग वाणिज्य संघ, सल्यान जेसिज, श्रीनगर बजार व्यवस्थापन समिती, सल्यान सुनचादी व्यवसायी संघ, होटल व्यवसायी संघ र निर्माण व्यवसायी संघ, कर्णाली प्रदेशका सह( संयोजक डिल्ली प्रकाश केसीको विशेष पहल रहेको थियो ।

salyankhabar

प्रतिक्रिया दिनुहोस

<